काभ्रेमा ईटाको चिम्नी भत्किँदा दुइ जनाको ज्यान गयो

कृष्ण रोकाया

काभ्रे, ३ माघ : काभ्रेको पाँचखाल नगरपालिका वडा नं ७ स्थित बिर हनुमान इटा उद्योगको वाल भत्किदा २ बालवालिकाको मृत्युभएको जिल्ला प्रहरी कार्यत्रलय प्रमुख एस्पी रबिराज खडकाले बताउनुभयो ।

 

इटा उद्योगको वाल भत्किदा ४ जना पुरिएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा ११ महिनाको बालक निर्माण परियार र ३ बर्षको बालिका जेनिसा परियारको उपचारको लागि धुलिखेल अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको एस्पी रबिराज खडकाले बताउनुभयो ।

अन्य दुई जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते बर्ष ३ कि झरना परियार र बर्ष ३५ कि सितादेवि पासवानको धुलिखेल अस्पतालमा उपचार भइरहेको एस्पी रबिराज खडकाले बताउनुभयो ।

 

प्रतिक्रिया