पाँचथरकाण्ड : सबैभन्दा पहिले देख्ने आमाको चकित बनाउने बयान, नुनमा सिसा कसले मिसायो ?

मनिषा थापा

पिएनपिखबर : सोमबार राति पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा एकैपटक ९ जनामाथि भएको सामूहिक हत्याको घट्ना पछि अर्को व्यक्तिले समेत् आत्महत्या गरेपछी घटना थप रहस्यमय बन्दै गएको छ। घटनामा संलग्न मानिएका मानबहादुर माखिमको शव झुन्डिएको अवस्थामा भेटिएपछि हत्याकाण्डले घटनाले नयाँ मोड लिएको हो।

सोमबार मध्यान्ह राति बमबहादुर फियाकसहित उनकी पत्नी फुर्चीमाया फियाक, माइली छोरी जस्मिता फियाक (शेर्मा), कान्छी छोरी मनकुमारी फियाक, नातिनी आसिका खजुम, माइँला ज्वाइँ धनराज शेर्मा, धनराजका छोरी युहाना, मुना शेर्मा र धनराजकै भतिजी इक्सा शेर्माको हत्या भएको थियो भने १४ वर्षीया बालिका भागेर बाच्न सफल भएकी छिन्। उनले बाच्न सफल भएकी नातिनीले एकजना मात्रै देखेको बताईन।

सधै बिहान खसीबाख्रालाई घाँस हाल्ने देखि धेरै काम गर्ने उनीहरु मंगलबार बिहान भने ५ बजेसम्म पनि त्यस घरमा चहलपहल नदेखिएपछि छिमेकी पुगेका रहेछन्। घटनाबारे बताउँदै छिमेकी हजुरआमाले भनिन्, ‘सधै विहान काम गर्ने त्यस परिवार त्यो दिन पुरा सुनसान थियो। म त्यहाँ पुग्दा रगत नै रगत जताततै रगत नै रगतले गर्दा म घटनास्थलसम्म जान सकिन। सबैजना जम्मा भएपछि ज्वाईको घरमा फोन गर्दा फोन लागेन।’

हत्या गरिएका धनबहादुर शेर्माको घरमा केही दिनअघि पनि अर्को घटना पनि घटेको पाइएको छ । वैशाख ३० गते धनराजको घरको नुनको बट्टामा सिसाका टुक्रा फेला परेको थियो । नुन मिसाएर पकाएको खाजा खाँदा ८ जना बिरामी भएका थिए । त्यतिबेला पनि हत्याको प्रयास भएको स्थानीयको भनाई छ। घटनाबारे अहिले नै सत्य तथ्य भने पत्ता लागेको छैन। प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ। बाँकी हेर्नुहोस भिडियोमा…

प्रतिक्रिया

सम्बन्धित समाचारहरू