पाँच लाखमा धरहरा बन्यो

admin

झापा, १ मङ्सिर: झापाको शिवसताक्षीमा स्थानीयवासीले पर्यटकलाई आकर्षित गर्न २४ फिट उचाइको धरहरा निर्माण गरेका छन् । शिवसताक्षी नगरपालिका–६ शिवगञ्जको मुख्यचोकमा रु पाँच लाखमा निर्माण गरिएको सो नौ तले धरहरा भूकम्पमा ढलेको काठमाडौँको धरहराजस्तै छ । धुलावारी चोकमा सानो धरहराको प्रतिमा राखेको देखेपछि स्थानीय युवाले त्यस्तै धरहरा आफ्नो गाउँमा पनि निर्माण गरेका निर्माण समितिकी कोषाध्यक्ष निर्मला प्रसार्इंले बताउनुभयो ।

राति झिलिमिली हुनेगरी नवनिर्मित धरहरामा रङ्गीन बत्ती जडान गरिएको र यसमा शिवसतााक्षी नगरपालिका, वडापालिका र विदेशमा रहेका नेपालीले आर्थिक सहयोग गरेको धरहरा निर्माण अनुगमन समितिका संयोजक नवीन तिम्सिनाले जानकारी दिनुभयो । चढ्न नमिल्ने सो धरहरा निर्माणपछि पर्यटकीय आकर्षणको एउटा महत्वपूर्ण स्थल बन्न पुगेको शिवगञ्ज चोकमा धरहरासँग फोटो खिचाउनेहरु बढेका छन् ।
-रासस

प्रतिक्रिया