पानीकै बीचमा बसेर ध्यान गर्ने श्री ५ सनातन बाबाले खुलाए अचम्मको रहस्य (भिडियो)

मनिषा थापा

पिएनपिखबर : असार, साउनमा बर्खायाम हुने गर्छ। ठाउँठाउँमा बाढीले जनधनको क्षति भएको छ। तर यस्तो झरीको समयमा एक बाबा पशुपति क्षेत्रको बागमती खोलाको बीचमा साधना गरेर बसिरहेका छन् । १० वर्ष देखि साधना आएका सत्य सनातन बाबा आफुले शान्ति प्राप्त गर्नको लागि जलसाधना गरेको बताउँछन्।

उनले आफुले आफुलाई सन्तको सेवक सन्तान भन्न रुचाउँछन्। उनी दिनको दुईपटक बागमती नदिको बीचमा जलसाधना गर्ने गर्छन। विहान ६ बजे देखि १० बजे र बेलुकी ७ बजे देखि रातको १० बजेसम्म उनी साधना गर्छन र बाँकी समय साथीभाईसँग भेटघाट र आफ्नो काममा व्यस्त हुने गर्छन।

सत्य सनातान बाबाको पारिवारिक पृष्ठभुमिको कुरा गर्ने हो भने उनी जाजरकोटमा जन्मिएका उनी सम्पन्न परिवारका हुन् हाल बौद्धमा बस्दै आएका छन्। पुर्व पश्चिम, उत्तर दक्षिणका चिन्ने व्यक्तिले श्री ५ सन्तानको उपाधि दिएको उनी बताउँछन । कुराकानीको क्रममा उनले शान्ति कसरी प्राप्त गर्ने भनेर बताएका छन् जुन हेर्नुहोस यो भिडियोमा….

प्रतिक्रिया

सम्बन्धित समाचारहरू