पार्टी एकताको उद्देश्य देशको मुहार फेर्नु हो : नेता रावल

admin

अछाम, ३ असार : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भीमबहादुर रावलले देशको मुहार फेर्नका लागि नै दुई ठूला कम्युनिष्ट पार्टीबीच एकता भएको बताउनुभएको छ । जिल्लाको कमलबजारमा आज आयोजित कार्यक्रममा नेता रावलले सरकार देशको स्रोत साधनको उपयोग र परिचालनगरी विकास र समृद्धि ल्याउन खोजिरहेको बताउनुभयो । उहाँले पार्टीको जिल्ला तहका कमिटीले पूर्णता पाइसकेकाले अब छिट्टै नगर, गाउँ तथा वडा कमिटीलाई पूर्णता दिइने र पार्टी सङ्गठन र विकासका गतिविधि प्रभावकारी बनाइने जानकारी दिनुभयो ।

नेकपा र उसले नेतृत्व गरेको सरकारले ल्याएका राम्रा नीति र कार्यक्रमबाट नेपाली काङ्ग्रेस डराएको टिप्पणी गर्दै उहाँले हालै अछामको जयगढमा आएका भारतीय प्रहरी र उनीहरुका गतिविधिको कडा शब्दमा आपत्ति जनाउनुभयो । कुनै पनि स्वतन्त्र देशमा अर्को देशको सेना, प्रहरी आएर कुनै पनि गतिविधि गर्न नपाउने भन्दै उहाँले त्यस्ता गतिविधिविरुद्ध हरेक देशभक्त अग्रसर हुनुपर्नेमा जोड दिनुभयो । रासस

प्रतिक्रिया