“पिचरोड”को अत्यधिक सफलतापछि समिर र विद्याको “घाममा सुकाईदेउ” बजारमा

शर्मिला गुरुङ

काठमाडौँ, २८ पुस  :  गायक समिर आचार्य र गायिका बिद्या तीवारीको नयाँ गीत “घाममा सुकाईदेउ” सार्वजनिक भएको छ । मेरो दुनियाँ बेग्लै छ, पिचरोड, घिनघिन बज्यो मादलु,हैन भन्देउन लगायतका चिर्चित गीतका गायक समिर आचार्य र नेपाल आईडल तथा भ्वाईस अफ नेपालबाट चर्चामा रहेकी पिचरोड गायिक बिद्या तीवारीको नयाँ गीत “घाममा सुकाईदेउ” डप मोसन पिक्चस्को युटुव च्यानल मार्फत भिडियो सहित सार्वजनिक भएको हो ।

घाममा सुकाईदेउ गीत गायक समिर स्वयंले लेखेका र संगीत भरेका हुन् । आँचल शर्मा र मन्जिल बस्नेतको अभिनय रहेको यो गीतलाई राम कुमार केसीको छायांकनमा टेकेन्द्र शाहले निर्देशन र सम्पादन गरेका हुन् । विसाल काफ्ले प्रवद्र्धक रहेको भिडियो स्याडोज क्रियशनको पोष्ट पोडक्सनमा बजारमा आएको हो।

युवा पुस्ता लक्षित “घाममा सुकाईदेउ”लाई मनोज बस्नेतले निर्माण गरेका हुन् । बस्नेत यस अघिको बिद्या र समिरको पिचरोडका पनि निर्माता हुन् ।

पिचरोडले हासील गरेको सफलता संगै आएको यो गीतमा गायक गायिकासंगै नायिका आँचल शर्मा ,निर्माता निर्देशक लगायतको पिच रोड टिम दोहोरिएको छ। पौने ३ करोड दर्शकले हेरेको पिच रोड भन्दा अझ राम्रो दर्शक कमाउन सक्ने सम्भावना बोकेको यो गीत सार्वजनिक भएको १ दिन नबित्दै करिव साडे ३ लाख दर्शकले हेरिसकेका छन् ।

नेपाली लोक साहित्यमा पहिलो बिद्याबारिधी गरेका गायक तथा संगीतकार गोविन्द आचार्यका छोरा गायक समिर आचार्य पछिल्लो समय चर्चामा रहेका गायक हुन् । सांगीतिक पृष्टभुमी बोकेको परिवारबाट आएका यि गायक एक पछि अर्को हिट गीत दिईरहेका छन् ।

त्यस्तै नेपाल आईडलबाट नै चर्चा बटुलेकी बिद्या तिवारी भ्वाईस अफ नेपालकी शिर्ष ८ प्रतिष्पर्धी हुन् । ग्राण्ड फिनालेमा समेत उनको प्रस्तुती दर्शकले अत्याधिक मन पराएका थिए । गायिका तिवारीका यस अघि मेरो मनको ढोका हेल्लो हाई, मात्तिने चाहना लगाएतका गीतलाई स्रोता दर्शकले प्रशंसा गरेका थिए। सानै बाट गीत गाउँदै सबैखाले गीतमा उत्तीकै दक्षता राख्ने तिवारी सांगीतिक क्षेत्रमा छोटो समयमा नै चर्चा कमाउन सफल गायिका हुन् ।
हेर्नुहोस भिडियो :

 

प्रतिक्रिया