पिपलको रुख काट्दा विद्यार्थीहरु ढले, अन्धविश्वास अझै कायमै (भिडियो)

मनिषा थापा

पिएनपिखबर : हामी २१ औ शताब्दीको आधुनिक युगमा छौ। एका तर्फ हाम्रो देश नेपाल विकास र समृद्धतर्फ लम्किरहेको छ भने अर्कातर्फ यही देशमा कयौ यस्ता भू-भागहरु छन् जहाँ विकास त परे जाओस अझै पनि सानोतीनो स्वास्थ्य समस्या भए पनि मानिसहरु धामी, झाक्री कहाँ धाउने गर्छन। भौगोलिक हिसाबले पिछडिएको सिन्धुली जिल्लाको तिन पाटन गाउँपालिका वडा नं ६ मा पुग्दा हामीले जे देख्यौ, जे सुन्यौ त्यसलाई तपाईहरु पनि विश्वाश गर्न सायदै सम्भव होला।

२०१६ सालमा स्थापना भएको श्री चम्पा देवी माध्यमिक विद्यालयको प्रांगणमा रहेको पिपलको रुखको हाँगा काट्दा ६ जना विद्यार्थीहरु बरबर काम्दै, चिचाउदै, घाँटी समात्ने गरेको एक प्रत्यक्षदर्शी बताउँछन्। स्कुलमा रहेको पिपलको रुख काटेको कारण बोक्सी लागेको भन्ने अन्धविश्वास स्थानीयहरुमा छ। 

तर डाक्टरले भने उनीहरुलाई कुनै श्राप नभएर मास हिस्टेरिया भएको बताएका छन्। उनीहरुमा भईरहेको शारीरिक परिवर्तन र मानसिक तनाबको कारण हिस्टेरिया लागेको हुनु पर्ने डाक्टरको अनुमान छ। डाक्टरले ती हिस्टेरिया नफैलियोस भनेर स्कुल मै परामर्श दिने कुरा भएको विद्यालयका प्र.अका कुल बहादुरले जनाए। घटनाको विवरण सुनाउदै उनले भने, ‘६ कक्षामा पढ्ने विद्यार्थीलाई गत २६ गते ३ जना छात्रामा हिस्टेरिया देखियो। त्यसपछि २८ गते स्कुलबाट फर्किने क्रममा ३ जना छात्रामा हिस्टेरिया देखियो। उपचार भईरहदा पनि खासै उपलब्धि भएको छैन।’

घटना हुनु अघि नै केहि धामीहरुले पिपलको रुख काट्दा स्कुलमा घटना घट्ने भविष्यबाणी गरेको आफुले सुनेको उनी बताउछन। उनको अनुसार, घटनापछि केहि विद्यार्थीहरुको मनमा पिपलको रुख भएको ठाउँमा कन्या केटि खाने भ्रम पैदा भएको सुन्नमा आएको थियो । उक्त स्थानमा रहेको पिपलको विषयमा विरोध आइरहेको थियो। धामीहरुले त्यस रुख काट्न नहुने  भनेका थिए, तर संघसंस्थाको पहलमा गाउँका वडाअध्यक्षले आफै काट्न लगाए। त्यही रुख काटेको कारण बच्चाहरुलाई छोप्ने गरेको स्थानीय धामीको भनाई छ। घटना पछि झन् व्यापकरुपमा त्रास फैलिएको प्र.अ.ले जनाए। 

उनले स्कुलमा हिस्टेरिया मात्र नभएर धेरै समस्याहरु रहेको बताए । उनले भने, ‘४ सय विद्यार्थीहरु रहेका कारण कक्षाकोठा व्यवस्थित रुपले थप्न सकिएको छैन। कुनै थाई शिक्षकको व्यवस्था छैन ।  भौतिक पूर्वाधार देखि शिक्षकको पनि अभाब रहेको कारण सरकारले व्यवस्था गरिदिन सरकारलाई अनुरोध गर्दछु।’

कति अभिवाभकले भने स्कुलबाटै आफ्नो सन्तानलाई निकालेको छन। त्यस ठाउँमा बस्ने बालबालिका देखि सबैमा पिपल रुख काटेकै कारण बच्चाहरुमा छोप्ने बेथा लागेको भ्रम पैदा भएको छ। अहिलेको आधुनिक युगमा पनि के यस्तो रुढीबाढी सम्भव होला त ? धामीको भरमा यस्ता धेरै ठाउँहरु छन् जहाँ मास हिस्टेरिया रोगलाई बोक्सी र प्रेत आत्मा चढेको भन्दै अन्धविश्वास गर्ने गरिन्छ। यसको लागि प्रत्येक विद्यालयमा हिस्टेरियाबारे जनचेतनामुलक कार्यक्रम गर्नु पर्ने जरुरी देखिन्छ।

आखिर ! के हो त हिस्टेरिया ?

हिस्टेरियाका लक्षण देखिने व्यक्ति कुनै न कुनै मानसिक तनावबाट गुज्रिरहेको छ भन्ने बुझ्नुपर्छ । सर्वसाधारणले हिस्टेरिया र यौन असन्तुष्टिलाई चाहिनेभन्दा बढी महत्व दिएको देखिन्छ । यो बुझाइ गलत हो । हिस्टेरिया अनेक कारणहरूको उपज हो । कुनै घटना तथा समस्या जसलाई व्यक्तिले विविध कारणले साथी तथा परिवारजनसामु व्यक्त गर्न नसक्दा यो रोग लाग्ने सम्भावना हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू