पिसाव नली फुट्ने गरी प्रहरीले कुट्यो, सरीरमा ५२ टाँका [भिडियो सहित]

admin

काठमाडौँ, ४ माघ : सुरक्षाका लागि खटिएका प्रहरीको कुटपिटबाट गलकोट नगरपालिका–६ का सोम बस्नेत र कृष्ण खत्री घाइते भएका छन् । हटिया प्रहरी चौकीका जवान प्रेम विष्ट र बुद्ध थापाको कुटाइबाट बस्नेत र खत्री घाइते भएका हुन् ।

गम्भीर घाइते बस्नेतको पोखरास्थित फेवा सिटी अस्पतालको सघन कक्षमा उपचार भइरहेको उनकी श्रीमती कृष्णकुमारीले जानकारी दिइन् । बस्नेतको पिसाव नली फुटेको छ । कुटपिटपछि शरिरमा रगत धेरै जमेकाले अप्रेशन गरिएको अस्पतालले जनाएको छ । स्थानीय बासिन्दाले प्रहरीले सामान्य बिषयमा निर्घाट कुटपिट गरेर ज्यादती गरेको भन्दै घटनामा संलग्न प्रहरीलाई तत्काल कारवाहीको दायरामा ल्याउन माग गरेका छन् । आइतबार राति गलकोट नगरपालिका–३ हटिया बजारस्थित प्रहरी चेकपोष्टअघि दुवै जनामाथि कुटपिट गरिएको हो । खत्रीको अवस्था भने सामान्य छ ।

कुटपिटमा संलग्न प्रहरी जवान विष्ट र थापालाई इलाका प्रहरी कार्यालय हरिचौर सरुवा गरिएको छ। घटनाबारे अनुसन्धान थालिएको प्रहरी निरीक्षक केशवसिंह थापाले बताए । दोषी देखिए कारवाही गरिने उनको भनाइ छ
हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू