पुरुषको शरीरको कुन भागमा महिलाहरू बढी आकर्षित हुन्छन् ? जानी राखौँ

रिता घिसिंग

एजेन्सी : यूनिभर्सिटी अफ ब्रिटिश कोलम्बियाको एक अध्ययनको अनुसार, पुरुषको आँखाले महिलाहरूलाई सबैभन्दा पहिले र सबैभन्दा बढी आकर्षित गर्छ । ब्रिटेन र साउथ अफ्रिकाको तीन यूनिभर्सिटीजको अध्ययनमा पनि यस कुरामा रिसर्च गरिएको छ कि शरीरको कुन भागमा सबैभन्दा बढी आकर्षित गर्छ ।

चिकित्सकका अनुसार, पहिलो प्रभाव नै अन्तिम प्रभाव हुन्छ । यदि पुरुषको शारीरिक स्वरूप राम्रो हुँदैन भने उसको व्यक्तित्वको अरू पक्ष प्रति पनि वेवास्ता हुनसक्छ । यसकारण सबैभन्दा आवश्यक हुन्छ कि पुरुषले आफ्नो शरीरको भागलाई स्वस्थ राख्नुपर्दछ । पुरुषहरूको ती भाग, जसमा महिलाहरू पहिलो नजरमा नै आकर्षित हुन्छ । साथै यी शरीरको भागलाई स्वस्थ र आकर्षित बनाई राख्नको लागि के गर्ने र कुन कुरालाई वेवास्ता गर्नुपर्दछ, जानी राख्नुहोस् ।

शरीरको यी भागमा आकर्षित हुन्छन्, महिला

१-आँखा

पुरुषहरूको आँखाले सबैभन्दा पहिले र सबैभन्दा बढी महिलाहरूलाई आकर्षित गर्छ । थाकेको, रातो र डार्क सर्कल आँखाको समस्या भएमा महिलाहरू आकर्षित हुँदैनन् ।

के गर्ने- भरिपूर्ण निन्द्रा र स्वस्थकर आहार लिनुहोस्, कम्प्यूटर-मोबाइलमा कम समय बिताउनुहोस्, नसा गर्नु हुँदैन ।

२-ओठ र दाँत

सफा गुलाबी ओठमा देखिने मुस्कान र चम्किलो दाँत महिलाहरूले निकै मनपराउने गर्दछन् । कालो, सुख्खा, फोहोर एवम् पहेँलो दाँतले महिलाहरूलाई खराब प्रभाव पार्न सक्छ ।

के गर्ने- धुम्रपान सेवन गर्नु हुँदैन । दाँत नियमित सफा गर्नुहोस् । ओठमा कागतीको रस र ग्लिसरिन लगाउनुहोस् ।

३-कपाल

पुरुषको कालो चम्किलो कपाल, आकर्षक हेयर स्टाइलले महिलाहरूलाई आकर्षित गर्छ । यदि कपाल रुखो, फोहोर, सेतो छ भने खराब प्रभाव पार्न सक्छ ।

के गर्ने- स्वस्थकर आहार सेवन गर्नुहोस् । राम्रो श्याम्पू र कन्डिशनर प्रयोग गर्नुहोस् । जंक फूड, शुगर, नून कम सेवन गर्नुहोस् ।

४-जुँघा र दाह्री

जुँघा र दाह्री पुरूषलाई आकर्षक बनाउँछ । बाक्लो दाह्री भएका पुरुष महिलाहरूले बढी रुचाउँछन् । दाह्री-जुँघाको कपाल स्वस्थ छैन र सेतो भैरहेको छ भने प्रभाव बिग्रन सक्छ ।

के गर्ने- प्याज, लसुन, अमलाको रस नरिवलको तेलमा मिलाएर लगाउनुहोस् । स्वस्थ आहार सेवन गर्नुहोस् । नसा गर्नबाट बँच्नु पर्दछ ।

५, छाती र काँध

चौडा काँध र छाती, मस्कुलर शरीर, बलियो शरीरले महिलाहरूलाई चाँडो आकर्षित गर्छ । निकै दुब्लोपन वा मोटोपन, अस्वस्थ शरीर, झुकेको काँधले महिलाहरूलाई खराब प्रभाव पार्न सक्छ ।

के गर्ने- वजन सन्तुलन गर्नुहोस् । स्वस्थकर आहारको सेवन गर्नुहोस् । नियमित आधा घण्टा हिड्नुहोस् । दौड्ने वा एक्सरसाइज गर्नुहोस् ।

६-त्वचा

पुरुषको सफा एवम् स्वस्थ चम्किलो त्वचा महिलाहरूलाई बढी आकर्षित गर्छ । सुख्खा, फोहोर, दुर्गन्धयुक्त वा रोगी त्वचा महिलाहरूलाई नजिक ल्याउनुको साटो टाढा बनाउँछ ।

के गर्ने- पानी भरिपूर्ण पिउनुहोस् । त्वचा सफा राख्नुहोस् । मोइश्चराइजर लगाउनुहोस् । फ्रूट र भेजिटेबल्स बढी खानुहोस् ।

प्रतिक्रिया