पुरुष-पुरुष विवाह बन्धनमा बाँधिएका जोडीलाई सबिता माताको सुझाव

शर्मिला गुरुङ

पिएनपिखबर, भक्तपुर : नवलपरासी, कावासोतीका राम गुरुङ र सुरेन्द्र पाण्डे दुवै जना पुरुष हुन्। तर पनि उनीहरु एक अर्कामा एउटा श्रीमान-श्रीमती, प्रेमी-प्रेमिकाले गर्ने जस्तो गहिरो मायाप्रेम गर्छन। अर्थात उनीहरु श्रीमान-श्रीमती हुन्। प्रेममा परेर केहि समय अघि देखि लिभिङ्ग टुगेदरमा रहदै आएका उनीहरु छिट्टै कानुनी मान्यता अनुसार विवाह बन्धनमा बाँधिदै छन।

१६ वर्षको कलिलै उमेरमा परिवारको करकापमा महिला सँगै विवाह बन्धनमा बाधिएका राम गुरुङ दुई सन्तानका बुवा समेत हुन् । महिला सँगै विवाह गरे पनि बुझ्ने भएदेखि नै आफ्नो फिलिंस महिलाको जस्तो भएको बताउने रामको वैवाहिक जीवन त्यति सुखमय भएन। आफ्ना दुई सन्तान सहित श्रीमतीले उनलाई छोडेर गइसकेको उनले बताए।

वैवाहिक जीवन सोचे जस्तो बिताउन नपाएका राम वैदेशिक रोजगारी छोडेर घर फर्के र काठमाडौँ छिरेर दु:ख सुख जिन्दगी बिताउने क्रममा कवासोतिकै सुरेन्द्रसँग भेट भयो। भेटघाटकै क्रममा गर्लफ्रेन्डबाट प्रेममा धोका पाएका सुरेन्द्र र श्रीमतीबाट धोका पाएका राम बीच प्रेम बस्यो। र अहिले विवाह गर्ने सम्मको निर्णयमा पुगे । काठमाडौँमा नृत्यांगनाको जागिर गरेर जसोतसो गुजारा चलाईरहेका उनीहरु आफ्नो भविष्यको बारेमा केहि जिज्ञासा राख्ने मनसायका साथ माता सबिता सरु शर्मा आचार्यलाई भेट्न उनको निवास पुगेका थिए।

उनीहरुका बारेमा के भनिन त माता सबिता सरु शर्मा आचार्यले हेर्नुहोस भिडियोमा :

प्रतिक्रिया