पुर्वपतिले डिभोर्स गरिसकेकी पत्नीकोे जिब्रो कैँचीले काटिदिएपछि

रिता घिसिंग

एजेन्सी :पाकिस्तानमा एक श्रीमानले आफैंले डिभोर्स दिएकी श्रीमतीको जिब्रो काटिदिएका छन् । उनले डिभोर्स गरेलगत्तै आफ्नी पूर्व पत्नीमाथि आक्रमणमा उत्रिएर जिब्रो काटिदिएका हुन् । पाकिस्तानको राजधानी लाहोरभन्दा केही टाढा रहेको हाफिजाबाद जिल्लाको पिँडी भट्टिया भन्ने गाउँमा यो घटना भएको हो ।

आफ्नो रिस नियन्त्रण गर्न नसकेपछि जहाँगिरले तलाक दिइसकेकी पत्नी नसरीनको जिब्रो काटिदिएका हुन् । जहाँगिरमाथि हत्याको कोसिस गरेको अभियोग लगाएर मुद्दा दर्ता गरेको छ । तर आरोपी फरार छन् ।

कसरी भयो घटना ?
डिभोर्सपछि पनि यी दुईबीचमा विवाद चलिरहेको थियो । विवादकै बीचमा गत शनिबार जहाँगिर आफ्नो भूपू ससुरालीमा पुगे र एक्कासि माइतीमा रहेकी भूपू पत्नीमाथि जाइलागे । उनले आक्रमण गर्ने योजना बनाएरै गोजीमा कैँची लिएर भूपू ससुराली गएका रहेछन् । सोही कैँची निकालेर उनले पूर्व पत्नीको जिब्रो काटिदिएका हुन् । उनलाई तत्कालै अस्पताल पुर्याइएको थियो ।

प्रतिक्रिया