पुर्वप्रेमिकाले डिजाइन गरेको कपडा लगाउने नील नितिनको यी हिट नायिकाको कारण भएको थियो ब्रेकअप..

मनिषा थापा

पिएनपिखबर : फिल्म अभिनेता नील नितिन मुकेशको आज ३७ औ जन्मदिन हो। उनको जन्म १५ जनावरी १९८२ भारतको मुम्बईमा भएको थियो। उनी पार्श्व गायक मुकेशका नाती हुन्। नितिनको फिल्मी करियर त्यति खास रहेन। 

नितिनले रुकमनी माथुरसँग २०१७ मा विवाह गरेका थिए। कुनै समय नितिनको प्रियंका भाटियासँग अफेयर थियो तर सफल भने हुन् सकेन। आउनुहोस् जानौ आखिर के रहयो सम्बन्ध टुट्ने कारण….

शुरुवातमा नितिनले प्रियंकासँगको अफयेर गोप्य राखेका थिए। उनी मिडियामा आफ्नो प्रेम सम्बन्ध बारे खुलेर बोल्ने गर्दैनथे। त्यसपछि २००९ मा फिल्म ‘जेल’ रिलिज भयो जसको प्रमोशनको दौरान नितिन र प्रियंका भाटीको सम्बन्धबारे चर्चा चल्यो। त्यस समय नितिनले भनेका थिए, ‘प्रियंका मेरो परिवारको अभिन्न भाग हुन् र हामी एकअर्कालाई लिएर धेरै सहज छौ। उनी मेरो घरमा पनि आउने जाने गर्छिन। हामी केहि कुरा पनि लुकाउदैनौ। हामी खुलेर मिल्ने गर्छौ र हामीलाई गर्भ पनि छ।’

तर अचानक यस्तो के भयो जसकारण दुई वर्षपछि नील र प्रियंकाको प्रेम सजिलै टुट्यो….

प्रियंका एक फ्यासन डिजाइनर हुन् र नीललाई फिल्मको लागि उनले नै कस्ट्यूम पनि डिजाइन गर्ने गर्थिन। तर जब नील वलिउडमा प्रखाय्त हुन् थाले तब उनले विस्तारै प्रियंकालाई वेवास्ता गर्न शुरु गरे। हेर्दा हेर्दै सम्बन्धमा दरार आयो कसैले थाहाँ पाएनन्। तर यसको मूल कारण बलिउडकी पद्मावती दीपिका पादुकोणलाई मानिन्छ। २०१०मा फिल्म ‘परिंदे’ आएको थियो। त्यसबखत नील र दीपिकाको अफेयरको चर्चा व्यापक हुन् थाल्यो।

नीलको कार्यको कुरा गर्नुपर्दा उनी आफ्नो अपकमिंग फिल्म ‘साहो’मा नजर आउने भएका छन्। फिल्ममा बाहुबली फेम एक्टर प्रभास मुख्य भूमिका देखिने छन् । मुकेश पनि यस फिल्ममा एक खलनायकको भूमिका निभाउने खबर छ। फिल्मको बजेट ३०० करोडको रहेको छ भने फिल्म यस वर्ष १५ अगस्ट ( स्वतंत्रता दिवस) को अवसरमा रिलिज हुनेछ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू