पूर्व युवराज पारसले प्रहरीमाथि दुर्व्यवहार गरेको छैन भन्दै जंगिए सन्तोष राजाबादी

मनिषा थापा

पिएनपिखबर : पछिल्लो समय पूर्व राजा नभए देश रहदैन भन्दै विभिन्न कार्यक्रममा राजावादी सन्तोष सक्रिय भएको देखिन्छ। देशभरिनै राजनीतिको बिरोध भईरहेको बेला राजसँस्था फर्काउनुपर्छ भन्दै हिडेका उनले आफ्नो छातिमा समेत् राजाको तस्विरको ट्याटु खोपेका धादिङ्गका सन्तोष राजाबादी मिडियामा छाउने गरेका छन्।

केहि दिन यता पूर्वयुवराज पारस शाहले त्रिभुवन विमानस्थलमा ड्युटीमा रहेका प्रहरीमाथि दुव्र्यवहार गरेको खबर बाहिरिएको थियो जसकारण युवराजको चौतर्फी आलोचना भयो। यसै विषयलाई खण्डन गर्दै उनले पूर्वयुवराज पारस शाहले त्रिभुवन विमानस्थलमा ड्युटीमा रहेका प्रहरीमाथि दुव्र्यवहार नगरेको बताएका छन्।

उनले भने, ‘सानातिना राजनीतिका दलका व्यक्तित्व सवार गर्दा सुरक्षामा धेरै कडाई गरिन्छ भने पृथ्वी नारायण शाहाले एकीकरण गरेको देशमा राजालाई नै सुरक्षा नदिएको कारण पारस शाहा आक्रोशितमा आएर सुरक्षामा खटिएका प्रहरीमाथि अलि धक्कामात्र दिएका हुन्।’ उक्त घटनालाई सामान्यरुपमा हेरिनु पर्छ भन्दै उनले आफ्नो अभिव्यक्ति दिएका हुन्।

बाँकी हेर्नुहोस भिडियोमा….

 

प्रतिक्रिया

सम्बन्धित समाचारहरू