पुलिस खप्तड गोल्ड कपको फाइनलमा

admin

धनगढी, ३ माघ : सिएमजी क्लब सङ्कटालाई पराजित गर्दै नेपाल पुलिस क्लब ‘तेस्रो नेपाल आइस अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्ड कप’को फाइनलमा प्रवेश गरेको छ । धनगढी रङ्गशालामा आज भएको प्रतिस्पर्धामा निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि भएको टाइब्रेकरमा सिएमजी क्लबले सङ्कटालाई चारका विरुद्ध पाँच गोलले पराजित गर्दै पुलिस फाइनल पुगेको हो । 

टाइब्रेकरमा सङ्कटाका अमित तामाङ, लक्ष्मण रुचाल, एलोन म्याक्सवेल र सरोज दाहालले गरेको प्रहार गोलमा परिणत भए पनि सुभाष गुरुङको पाँचौ प्रहारलाई विपक्षी गोल रक्षक रोशन खड्काले बचाएका थिए । पुलिसका अभिषेक रिजाल, अजित भण्डारी, हरि कठायत, तिर्थ राना र बिक्रम धिमाल पेनाल्टीमा सफल भएका थिए । खेल टाइब्रेकरमा धकेलिनु अघि पुलिस र सङ्कटाले गोल गर्न पाएका केही मौकाको सदुपयोग गर्न सकेनन् । 

 

पेनाल्टी बचाएका पुलिसका गोलरक्षक रोशन खड्का आजको प्रतिस्पर्धाको ‘म्यान अफ द म्याच‘ बन्दै रु १० हजार पुरस्कार प्राप्त गरे । आगामी शनिबार नेपाल पुलिस क्लब र रुस्लान थ्री स्टारबीच उपाधिका लागि फाइनल प्रतिस्पर्धा हुने कार्यक्रम छ । मोफसलकै सर्वाधिक धनराशी पुरस्कार भएको यो प्रतियोगिताको विजेताले रु २१ लाख र उपविजेताले रु १० लाख प्राप्त गर्ने छन् ।

प्रतिक्रिया