पूरा भएन घर बनाउने साझाको सपना, ९ वर्षदेखि सपनाको निरन्तरता

admin

काठमाडौं, जेठ ६ : ३० महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी २०६७ सालमा शिलान्यास भएको भवन अहिलेसम्म लथालिङ्ग छाडेर साझा प्रकाशनले १३ करोड रुपियाँ लागतमा नयाँ भवन बनाउने तयारी गरेको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले लेखेका छन् ।

भवन निर्माण प्रक्रिया पूरा भएको जानकारी दिँदै जिल्ला आयोजना कार्यान्वयन एकाइ (भवन) ललितपुरका प्रमुख चन्द्रकाजी गुरुङले भने– ‘सम्झौता अन्तिम चरणमा रहेको छ, नयाँ भवन करिब ३ वर्ष्भित्र निर्माण हुन्छ ।’ उहाँका अनुसार कोन्टे जेई जेभीले सोको ठेक्का पाएको छ ।

१८ करोड रुपियाँ लागत अनुमान गरिए पनि भ्याटबाहेक १३ करोड रुपियाँ बनाउन लागिएको उक्त भवनमा ऐतिहासिक पुस्तकसंग्रहका लागि पुस्तकालय, हल, प्रशासन भवन, साहित्यसँग सम्बन्धित विषयवस्तु समावेश गर्न मिल्ने कोठाहरु रहनेछन् ।

प्रतिक्रिया