पूर्व माओवादीलाई बिनाप्रतिस्पर्धा मेलम्ची

admin

काठमाडौं, ८ साउन : मेलम्ची खानेपानी आयोजनाले पूर्वमाओवादी कार्यकर्तालाई बिनाप्रतिस्पर्धा धमाधम ठेक्का दिन थालेको छ। आयोजनाले साविकको ठेकेदार सीएमसीले छाडेर बाँकी रहेका कामको जिम्मेवारी सेटिङमा पूर्वमाओवादी कार्यकर्तालाई दिएको हो। अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।आयोजना प्रमुख सूर्यराज कँडेलले बिनाप्रतिस्पर्धा तीन करोड रुपैयाँको मेलम्चीको मुहान (हेडवक्र्स) मध्येको काम श्रेष्ठ कन्स्ट्रक्सन भन्ने ठेकेदारलाई दिएका थिए। कन्स्ट्रक्सनले पूर्वमाओवादीका तीन कार्यकर्तालाई उक्त ठेक्काको पनि उपठेक्का लगाएको छ।

मन्त्रिपरिषद्ले गत जेठ ६ गते कुल ४३ करोड रुपैयाँका काम बिनाप्रतिस्पर्धा जसलाई दिए पनि हुने गरी निर्णय गरेको थियो। सोही निर्णयको आडमा अहिले ती ठेक्का धमाधम पूर्वमाओवादी कार्यकर्तालाई वितरण सुरु भएको हो। डेढ अर्ब रुपैयाँमा पूरै मेलम्चीको काम सकिने भए पनि मन्त्रिपरिषद्ले दुई अर्ब ६३ करोड रुपैयाँमा ठेक्का दिने निर्णय गरेको थियो।

आयोजना प्रमुखसित वार्ताका आधारमा ठेक्का लिन सफल श्रेष्ठले माओवादीका तीन कार्यकर्ता चिरन तामाङ, अभिषेक तामाङ र मोदनाथ भण्डारीलाई उपठेक्का दिएका छन्। कँडेलले तीन करोड रुपैयाँमा श्रेष्ठ कन्स्ट्रक्सनलाई दिइएको ठेक्का उसले माओवादी कार्यकर्तालाई दिएको हो। उपठेक्का लिएर उनीहरूले केही दिनअघि मेलम्ची खोलामा लगाएको ग्याभिन वाल (ढुंगाको जाली भएको पर्खाल) बाढीले बगाएको थियो।

आयोजना स्रोतका अनुसार पूर्वमाओवादी कार्यकर्ताले ठेक्का लिएपछि मेलम्ची खोलामा ग्याभियन वाल लगाउन सुरु गरेका थिए। तर लगाउँदालगाउँदै बाढीले बगायो। ठेकेदराले १२ लाख रुपैयाँको पर्खाल लगाएर ५० लाख रुपैयाँको बिल कँडेलसमक्ष पेस गरेका छन्। बिलमा काम गर्न नपाएको दाबी (क्लेम) पनि समावेश छ।

कँडेलले बिनाप्रतिस्पर्धा बाँकी काम गर्न खानेपानी मन्त्रालयमार्पmत मन्त्रिपरिषद्मा लगेको प्रस्तावमा ‘बर्खायाममा निर्माण भइसकेका सुरुङलगायतका संरचना बाढीबाट जोगाउने’ उल्लेख छ। मन्त्रिपरिषद्को गत जेठ ६ गते कँडेलको प्रस्ताव सदर गरेको थियो। ‘फास्ट ट्र्याक’ मा काम गरी मेलम्चीको बाढी सुरुङमा छिर्न नदिन भन्दै बिनाप्रतिस्पर्धा ठेक्का दिने मन्त्रिपरिषद्को निर्णय भए पनि काम भने हुन सकेको छैन। मन्त्रिपरिषद्ले मुहानको कामसमेत ४३ करोड रुपैयाँको ठेक्का बिनाप्रतिस्पर्धा समितिले दिन पाउने निर्णय गरेको थियो।

प्रतिक्रिया