पूर्व राजा हेर्न पोखरामा जनताको तछाडमछाड, यस्तो नाराले भयो भव्य स्वागत (भिडियो)

मनिषा थापा

पूर्वराजा ज्ञानेन्द्र शाह पोखरा पुग्दा उनका समर्थनले भव्य स्वागत गरे। उनलाई हेर्ने आउनीको घुइचो टन्नै थियो। उनका कति सर्मथकहरुले भेट्न त के देख्न समेत पाएनन् । भीडमा ज्यान जोखिम बनाएर घुस्नेहरूले मात्र शाहलाई देख्न पाए अरू उपस्थितहरू भने टाढाबाट तछाडमछाड गर्दै बाहिरिएको भिड हेरेर चित्त बुझाए ।

निर्धारित समय भन्दा केही ढिला आएका उनी पोखरा विमानस्थलमा पत्रकार, हिन्दु धर्म समर्थक, राजसंस्थाको पक्षमा वकालत गर्नेहरू, राप्रपा नेपालका नेता तथा कार्यकर्ताहरू साथै सर्वसाधरणहरुको ठुलो घुइँचो थियो।

ज्ञानेन्द्र शाहलाई अभिनन्दन गर्न, फुल दिन, माला लगाउन लाइनमा बसेकाहरू माला चुँडाएर फुल मात्र माथिबाट बर्साएका थिए । स्वागतमा उनका समर्थकहरुले पोखरा विमानस्थलमा राष्ट्रिय झण्डा बोकेर गणतन्त्र विरोधी नारा लगाएका छन् ।

राजतन्त्रका समर्थकहरुले ‘गणतन्त्रलाई फाँसी दे, संघीयता खारेज गर, हिन्दु राष्ट्र कायम’ गर जस्ता नारा लगाएका थिए । सयौंको संख्यामा विमानस्थल अगाडि भेला भएका उनीहरुले ‘हाम्रो राजा हाम्रो देश. प्राण भन्दा प्यारो छ’ भन्दै नारा लगाएका थिए ।

पछिल्लो समय राजतन्त्र ब्युताउने तत्वहरु सक्रिय भएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले त्यस्तो दिवा सपना समेत नदेख्न सबैलाई सचेत गराएका थिए । गणतन्त्रलाई आत्मसाथ गर्दै नागरिक भएर बस्ने घोषणा गरेका ज्ञानेन्द्र विभिन्न सार्वजनिक कार्यक्रममा सक्रिय हुँदैं आएका छन् ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू