पूर्व राष्ट्रपति ओबामाले काँधमा उपहारको पोको बोकेर बालबालिका भेट्न अस्पताल पुगेपछि…(भिडियो)

मनिषा थापा

अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले बासिंटन डीसीस्थित चिल्ड्रेन्स नेशनल स्पताल पुगेर क्रिसमसको अवसरमा बालबालिकालाई उपहार बाँडेका छन्।

सान्ता क्लजले लगाउने शीरमा रातो फ्लपी टोपी र काँधमा उपहारको पोको बोकेर उनी अस्पताल पुगेका थिए। ओबामालाई यस्तो अवस्थामा देखेर अधिकांश व्यक्तिहरू आश्चर्यमा परे।

त्यसपछि उनले अस्पतालमा रहेका बिरामी बालबालिकालाई उपहार दिनुका साथै तस्वीरसमेत खिचाएको सार्वजनिक भएको छ। बासिंटन पोस्टका अनुसार उनले अस्पतालमा करिब डेढ घन्टा बिताएका थिए। उनले अस्पतालमा बालबालिकासँगै चिकित्सक तथा नर्ससँगसमेत भलाकुसारी गरेका थिए।

बालबालिकालाई दिने उपहारको पोको बोकेर हिँडेका ओबामाको फोटो र भिडियो अहिले सामाजिक सञ्जालहरुमा भाइरल भइरहेको छ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया