पृथ्वी जयन्तीको अवसरमा पुनरुत्थानवादी शक्ति नेपालको कार्यक्रम सम्पन्न : लोकतान्त्रिक सत्ता अपदस्त गर्ने नेता रायमाझीको दावी

admin

काठमाडौं , २८ पुष : पुनरुत्थानवादी शक्ति नेपालले श्री ५ बडामहाराजधिराज पृथ्वी नाराययण शाहको जन्म दिन राष्ट्रिय एकता दिवस को अवसरमा एक विशेष कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौँ काठमाडाँै बागबजार स्थित हार्दिक होटलको काव्य हलमा सम्मपन्न उक्त कार्यत्रममा इतिहासकार प्रेम कैदी, प्राध्यापक डा। गोबिन्दमान सिंह कार्की , प्राध्यापक डा। राजु चित्रकारहरुले मन्तब्य राख्नु भएको थियो।



पुनरुत्थानवादी शक्ति नेपालका बरिष्ठ नेता शेखरजंग रायमाझिले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई अवमुल्यन गर्ने र इशाईकरणको नाङ्गो नाच देखाउने अत्याचारी भ्रष्ट, लोकतान्त्रिक सत्ता ध्वंस गर्ने कुरा बताउनुभयो । फरक प्रसंगमा नेता रायमाझीले भन्नुभयो “शिक्षकप्रेमी पुर्वराजा ज्ञानेन्द्र शाहले बिबेक प्रयोग गर्दै अध्यादेश मार्फत जोगाएको शिक्षकको रोजगारी , राष्ट्रपति बिध्यादेबी भण्डारीले सम्मानित अदालतको वर्खिलाप , मानहानी गर्दै अन्यायी बिधेयक प्रमाणीकरण गरी शिक्षकको रोजगारी हरण गर्ने स्थिती सिर्जना गरिएकोले यी शिक्षकको रोजगारी गुम्नु अगावै अत्याचारी राष्ट्रपति सहित यो लोकतान्त्रिक सत्ता अपदस्थ गरीदिन्छौं ।”

त्यस्तै अब थारु , मगर, गुरुङ, तामा , नेवार , भोजपुरी , अवधि, मैथली लगायत सबै समुदाय र शिक्षक प्राध्यापक, वकिल , किशान, श्रमिक, पत्रकार,लगायत सम्पूर्ण वर्गहरुको प्रतिनिधित्व गर्ने नीतिनिर्माण सभा सहितको पुनरुत्थानवादी सिद्दान्तको राजतन्त्र पुनर्उदय गर्छौं । सो कार्यक्रममा अधिवक्ता कोषराज काफ्लेले भन्नुभयो ”अब यस्तो किशिमको अन्यायी , अत्याचारी, भ्रष्टाचारी, शाशन व्यवस्थाको सट्टामा राजाको बिबेक , स्वतन्त्र र निश्पक्ष अदालत र शक्तिशालि सेना र वर्ग रसमुदायको साथ लिई यो बर्बर , अत्याचारी लोकतान्त्रिक सत्ता मिल्काईदिनु आजको अनिवार्य आवश्यकता हो ” कार्यक्रममा इतिहासकार, पत्रकार , समाजसेवी , प्राध्यापक लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया