पेट्रोलियम पदार्थको मूल्य घट्यो, पेट्रोल अब ११० रुपैयाँ

admin

काठमाडौँ, ३ पुस : नेपाल आयल निगमले मंगलबार राती १२ बजेपछि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा २ रुपैयाँ घटाएको हो ।

नयाँ मूल्यअनुसार पेट्रोल अब ११० रुपैयाँमा बिक्री वितरण हुनेछ । यसअघि पेट्रोलको मूल्य प्रतिलिटर ११२ रुपैयाँ थियो । यस्तै निगमले डिजेल र मटितेलमा प्रतिलिटर समान २÷२ रुपैयाँ मूल्य घटाएको छ । मूल्य घटेपछि बुधबार बिहानबाट उपभोक्ताले डिजेल र मट्टितेल समान ९७ रुपैयाँ प्रतिलिटरमा खरिद गर्न पाउनेछन् । त्यसैगरी खाना पकाउने ग्यासको मूल्य भने यथावत् नै रहेको छ ।

प्रतिक्रिया