पेट खराब भएको मान्छेलाई बाबाले घाँटी भित्रसम्म ब्रशले सफा गर्नुपर्छ भनेपछि पेट भित्रै पुग्यो टुथब्रश !

रिता घिसिंग

एजेन्सी : दिल्लीको एम्स अस्पतालका डाक्टरले अपरेशन गरेर २ जना युवकको पेटभित्रबाट दाँत माझ्ने ब्रश निकालेका छन् । ती दुई युवकले डाक्टरलाई टुथब्रश पेटमा पुग्नुको कारण बताउँदा डाक्टर नै चकित परेका छन् । टुथब्रश पेटमा पुगेर गम्भीर अवस्थामा पुगेका ती दुई युवकको अवस्था अहिले खतरामुक्त छ।

उनीहरुको पेटमा टुथब्रश एक बाबाका कारण पुगेको थियो । बाबाको सल्लाहअनुसार ती दुई युवकले आफ्नो घाँटी भित्रसम्म ब्रशले सफा गर्ने गरेका थिए । आफ्नो पेट खराब भएको भन्दै बाबाकहाँ पुगेका ती युवकलाई बाबाले यसरी ब्रशले सफा गर्ने सल्लाह दिएका थिए । बाबाको कुरा मानेर ती युवकले केही दिन यसैगरी घाँटीसम्म सफा गरे तर एक दिन अचानक ब्रश हातबाट चिप्लेर पेटमा पुग्यो । त्यसपछि उनीहरुको हालत निकै बिग्रियो र पेट फुट्नेसम्मको अवस्था आयो ।

गम्भीर अवस्थामा उनीहरुलाई दिल्लीको एम्स अस्पतालमा भर्ना गरियो जहाँ डाक्टरले इण्डोस्कोपी गरेर दुवैको पेटबाट ब्रश निकाले । यी दुवैलाई एकैपटक नभइ दुई महिनाको फरकमा अस्पताल ल्याइएको थियो तर दुवैको समस्या भने एउटै थियो । उत्तर प्रदेशको आगराका गौरव नामका युवकलाई अक्टोबर र दिल्लीका आबिद नामका युवकलाई डिसेम्बरमा पेटभित्र दाँत माझ्ने ब्रस छिरेको उस्तै किसिमको समस्यासहित अस्पतालमा भर्ना गरिएको अस्पताल प्रशासनले जनाएको छ । यी दुवैलाई यस्तो सल्लाह दिने बाबालाई प्रहरीले पक्राउ गरिएको छ।

प्रतिक्रिया