पोखरामा घट्यो अनौठो घटना ! एउटै महिलाले ठगीन तीन करोड

शर्मिला गुरुङ

काठमाडौँ, ९ माघ : विभिन्न वाहानामा कास्कीका ५० जना भन्दा बढीबाट ३ करोड रुपैया“ ठगि गरि फरार १ महिलालाई कास्की प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । बागलुङ रणसिङ किटेनीकी सरीता कुमारी रानालाई ठगी आरोपमा प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो ।

१ महिनादेखि सम्पर्कहीन सरीता विरुद्ध माघ १ गते जिल्ला प्रहरी कार्यालय कास्कीमा पहिलो उजुरी दर्ता भएको थियो । पोखरा महानगरपालिका २६ र २७ का जीतबहादुर पुन, नरमाया थापामगर, तारा पुन थापा, चन्द्रबहादुर सुनार, दिलमाया पुन लगायत १० जनाले सरीताबाट ठगिएको जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएका थिए ।

उनीहरुले उजुरी दर्ता गरेपछि सरीता विरुद्ध अरु पनि उजुरी दर्ता भएको कास्की प्रहरीले जनाएको छ । प्रहरीका अनुसार हालसम्म ५० भन्दा बढी सरिताबाट ठगिएको भन्दै प्रहरीसँग नाम टिपाएका छन् । घर, घडेरी चाहिएकालाई मिलाइदिने भन्दै सरीताले रकम लिने गरेको पीडितको गुनासो छ ।

निकै रवाफका साथ लेखनाथको अर्घौचोकमा सरीता डेरामा बस्दै आएकी थिइन् । नया“ मोडलको क्रेटा गाडी, ड्राइभर, घरको काम गर्ने सहयोगी साथ बसेकी सरीताको ठाँट देखेर नै स्थानीय फसेका हुन् । अरु कुनै व्यवसाय नगर्ने उनले अर्घौचोक आसपास कै व्यक्तिलाई प्रभावमा पारेर ठग्दै आएकी थिईन् । ३ करोड रुपैया“ भन्दा बढी रकम तिर्न बाँकी रहेको सरीताले प्रहरीसँग स्वीकार गरेकी छन् । व्यवहार बिग्रँदै गएपछि सापटी पनि बढेको र तिर्न नसक्ने अवस्था आएपछि भागेको उनले बताएकी छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख ओम रानाले घटनाको छानबिन भइरहेको बताएका छन् ।

यसअघि उनले काठमाण्डौ, विराटनगर, बुटल लगायतका स्थानहरुमा पनि ठगी गरेको अनुसन्धानका क्रममा खुल्न आएको प्रहरीले जनाएको छ ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू