पोखरामा भ्यानले ठक्कर दिँदा काभ्रेका कृष्णप्रसाद चौलागाईंको मृत्यु

शर्मिला गुरुङ

काठमाडौँ, २८ जेठ : गाडीको ठक्करबाट पोखरामा आज बिहान ११ः२५ बजे एक स्कुटरचालकको मृत्यु भएको छ ।

काभ्रे जिल्ला घर भएका ग८प १९१४ नम्बरका स्कुटरचालक २० वर्षीय कृष्णप्रसाद चौलागाईंको मृत्यु भएको कास्की जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उहाँलाई पोखराको इन्द्रचोक नजिक बा १४च ५८१२ नम्बरको भ्यानले ठक्कर दिएपछि जिल्ला अस्पतालमा पु¥याइएपछि चिकित्सकले मृत घोषणा गरेका थिए । रासस

प्रतिक्रिया