पोखरामा साहित्य महोत्सव पुस ७ देखि

कृष्ण रोकाया

चिप्लेढुङ्गा, ३ पुस: पोखरामा यही पुस ७ देखि १० गतेसम्म सातौँ संस्करणको साहित्य महोत्सव हुने भएको छ । महोत्सव सफल पार्न गण्डकी प्रदेश सरकारले रु पाँच लाख दिने घोषणा गरेको छ ।

बुक वर्म फाउण्डेशनको आयोजनामा फेवा किनारमा हुने महोत्सवले पोखराको सुन्दरतामा साहित्यिक बहसको उठान गरेर साहित्य र संस्कृतिको संरक्षण, प्रवद्र्धन र विकासमा भूमिका खेल्ने विश्वास गरिएको छ ।

प्रदेश सरकारले पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्न नेपाल सरकारसँग स्वीकृति माग गर्ने निर्णय गरेको छ । काठमाडौंँपछि धेरै पर्यटक पोखरामा भित्रिने गरेको बताइएको छ । यसैगरी प्रदेशमा अन्तरराष्ट्रिय खेल मैदान बनाउन चाइना रेलवे १४ औँ ब्युरो ग्रुप लिमिटेडले आशय व्यक्त गरेकाले उक्त कम्पनीसँग सम्झौताको स्वीकृतिका लागि सङ्घीय सरकारसँग अनुरोध गर्ने निर्णय पनि भएको सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया