दोहोरी गाएर भाइरल बनेकी कमला काठमाडौँमा, गाइन यति मिठो गीत

मनिषा थापा

पिएनपिखबर : धादिङको नीलकण्ठ नगरपालिका–१२ को पशुपति माध्यमिक विद्यालयको कक्षा ६ मा अध्ययनरत कमला घिमिरेले तीजको अवसरमा आयोजित तीज गीत प्रतियोगिताको कार्यक्रममा दोहोरी गाएको भिडियो सामाजिक संजालमा निकै भाइरल भईरहेको छ। ११ वर्षको सानै उमेरमै यति मिठो प्रत्यक्ष दोहोरी गाउँदै सबैलाई मोहित बनाएकी उनी अहिले काठमाडौँ आईपुगेकी छिन्।

 

कृष्ण कंडेलले संचालन गर्ने इन्द्रेणीमा उनको लाइभ दोहोरी गाउने ठुलो चाहना थियो उनको इन्द्रेणीसम्म पुग्नेर लाइभ दोहोरी गाउने ठुलो चाहना थियो जुन पुरा भएको छ। उनले धेरै चर्चित कलाकारसंग ७ घण्टा सम्म दोहोरि गाएकी छिन। इन्द्रेणी टिमले उनलाई नगद १० हजार दिएकी छिन भने उनको पढाई को लागि ५० हजार नगद हस्तान्तरण गरिएको छ।

गीत संगीतमा सानैदेखि रुचि राख्ने उनको दोहोरी सुन्दा हर कोहि चकित पर्ने गर्छ। उनको दुईवटा दोहोरी युट्युब च्यानलहरूमा अपलोड गरिएको छ। उक्त भिडियो सामाजिक संजालमा चर्चित भएपछि अहिले उनलाई अन्तर्वार्ता दिन भ्याईनभ्याई छ। पढाई छुट्ने हुँदा उनी अब आएको केहि दिनमै घर फर्किने भएकी छिन्।

राजधानीमा आयोजित एक पत्रकार सम्मेलनमा उनले सानो गीतको टुक्का गाएर पनि सुनाईन। लामो यात्रा पार गरेर आएको कारण उनलाई खुलेर बोल्न र गाउँन स्वास्थ्यले दिएन। बाँकी हेर्नुहोस भिडियोमा…

प्रतिक्रिया

सम्बन्धित समाचारहरू