प्रतिपक्षको भूमिकाप्रति प्रश्न गर्नुपर्ने आवश्यकता छैन : नेता सिंह

admin

भीमदत्तनगर, २७ पुस : नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले प्रतिपक्षी दलको भूमिकामाथि प्रश्न गर्नुपर्ने आवश्यकता नरहेको बताउनुभएको छ । नेपाल प्रेस युनियन कञ्चनपुर शाखाले आज भीमदत्तनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता सिंहले प्रतिपक्षी दल काङ्ग्रेसले संसद् र राष्ट्रिय राजनीतिमा राष्ट्रिय मुद्दामा प्रभावकारी रुपमा भूमिका निर्वाह गरिरहेको बताउनुभयो ।

सरकार जनताको जीउधन सुरक्षामा असफल भएको जिकिर गर्दै नेता सिंहले निर्मला पन्त हत्या प्रकरणमा समेत सरकार गम्भीर नबनेको आरोप लगाउनुभयो । “निर्मला प्रकरणमा सरकारले मन लगाएर अनुसन्धान गरेन”, उहाँले भन्नुभयो ।
-रासस

प्रतिक्रिया