प्रतिरक्षा विश्वविद्यालय सञ्चालनको तयारीमा सेना

admin

काठमाडौं, बैशाख १० : नेपाली सेनाले सञ्चालन गर्ने विभिन्न तालिम तथा प्रशिक्षणमा विदेशी सेनाको आकर्षण बढ्दै छ । यो आकर्षणसँगै सेनाले प्रतिरक्षा विश्वविद्यालय (एनडीयू) सञ्चालनको तयारी पनि गरेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा देवबहादुर कुँवरले लेखेका छन् ।

विगत आठ वर्षको अवधिमा २० देशका ७६३ सैनिकले नेपाली सेनाले सञ्चालन गरेको तालिम पूरा गरेका छन् । नेपाली सेनाले काभ्रेको पाँचखालमा यूएन शान्ति कार्य, बाराको अमलेखगञ्जमा जङ्गल वारफेयर (युद्धकला), मुस्ताङमा माउण्टेन वारफेयर, काठमाडौँको शिवपुरीमा कमाण्ड तथा स्टाफ कलेज र भक्तपुरको खरिपाटीमा अधिकृत क्याडेट तालिम सञ्चालन गर्दै आएको छ ।

तीमध्ये प्यारा जम्प, रेञ्जर (कमाण्डो), विपद् व्यवस्थापन तथा प्रतिआतङ्कवादसँग सम्बन्धित् सैनिक अभ्यसमा चीन, भारत र अमेरिकी सेनाको एसिया प्यासेफिक कमाण्डसँग संयुक्त रूपमा सञ्चालन हँुदै आएको छ ।

प्रतिक्रिया