प्रत्येक जनताको थाप्लोमा २५ हजार ऋण बोकाएर एउटा सरकारी कर्मचारीले कसरी कुम्लायो करोडौ सम्पत्ति ? [हेर्नुहोस भिडियो सहित्]

मनिषा थापा

पिएनपिखबर, भक्तपुर  :  ज्ञानेन्द्र साही एक युवा विश्लेषक हुन्। उनले पछिल्लो समयमा करको प्रणालीबारे विरोध गर्दै आएका छन्। उनी राज्यले गलत गरे पनि अन्त्य सत्य कै बाटोमा राज्य हिड्नुपर्ने उनको भनाई छ। एक न एक दिन राज्यले जनताको कुरा सुन्ने कुरामा उनी आशावादी देखिन्छन।

शाहीले देश यस्तै आर्थिक घाटा हुदै गयो भने हाम्रो राष्ट्र एक वर्ष भित्रै जिम्बाबे जस्तै बन्ने अनुमान गरेका छन्। उनले भने,” यस्तै गतिमा देश जाने हो भने पैसाको महत्व हुदैन, अहिलेसम्म नडुबेको देश अर्थतन्त्रमा पुरै डुब्छ। देश डुब्यो भने अर्को देशसँग ऋण गर्नुपर्छ की जनता भोक भोकै बस्नु पर्छ। पछिल्लो समयको तुलनामा मूल्यवृद्धि र आर्थीक घाटा यो सरकारको पालामा बढी छ। जनताले पनि आर्थिकघाटाको बारेमा बुझ्न जरुरी छ।”

उनले सरकारले अहिले नै सचेत रहनुपर्ने जनाए। उनले मूल्यवृद्धिले आकाश छोएको अबस्थामा प्रधानमन्त्रीले सुन्दर र समृद्धि बनाउँछु भनेर नारा लगाइरहेका छन् त्यो एक मात्र नाटक भएको बताए। यसै हिसाबमा चल्ने हो भने देश विकारल अबस्थामा पुग्ने उनको दावी छ। देशले उत्पादन कसरी बढाउने भन्ने कुरा अर्थमन्त्रीले देखाउनु पर्ने बताए।

”सबै उपभोग्य वस्तु आयात गर्ने ठाउँ बनेपछि किन यो देशमा बस्ने, चामल उत्पादन हुदैन एउटा आलुको चानो फाले पनि आलु फल्ने ठाउँमा हामी सबै कुरा आयात गर्छौ। सरकारको ६, ७ महिना वितिसक्दा पनि सब रोक्न सरकारले नियम ल्याउनुपर्छ कि पर्दैन ?” उनले भने। उनले अरु देशमा युवालाई कसरी अग्रशील बनाउने भन्ने कुरामा ध्यान दिन्छन तर हाम्रो देशमा भने कसरी युवाहरुलाई काम गर्न नदिने र व्यापार रोक्ने भन्नेकुरामा जोड दिएकोमा आपत्ति जनाए।

उनी भन्छन, ”केन्द्रीय सरकारलाई राजश्व तिर्दा पनि काठमाडौँमा दर्ता भएको कम्पनीले भक्तपुरमा व्यापार गर्न पाउदैन। दोहोरो करको नियम लागु गरिएको छ के जनता कर नै तिर्न जन्मेको हो ? जसरी पनि युवाहरुलाई रोकौ भन्ने नियम जबसम्म खारेज हुदैन तबसम्म देश अगाडी बढ्छ भने प्रधानमन्त्रीको खोक्रो नारा हो यो। एउटा खोक्रो नारा गर्ने चुनाब जित्ने अभिपारा हो।” बाँकी हेर्नुहोस भिडियोमा :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू