प्रदीप खड्का र जसिता अभिनीत फिल्म ‘लिलिबिली’ युट्युबमा सार्वजनिक

शर्मिला गुरुङ

काठमाडौं, २१ मङ्सिर : चलचित्र ‘लिलिबिली’ युट्युबमा सार्वजनिक भएको छ। प्रदीप खड्का र जसिता गुरुङ अभिनीत चलचित्र बुढासुब्वा डिजिटलको आधिकारिक युट्युब च्यानलमार्फत शुक्रबार सार्वजनिक भएको हो।

निर्देशक मिलन चाम्सद्वारा निर्देशित उक्त चलचित्रमा प्रियङ्का कार्की, अनुप विक्रम शाही, सविन श्रेष्ठ, मनिष श्रेष्ठ, ध्रुव दत्त, रितेश चाम्सलगायतका कलाकारहरूको अभिनय रहेको छ भने गोविन्द शाही र सुदीप खड्काले निर्माण गरेका हुन् । काफिया फिल्मस् ब्यानरमा निर्माण भएको यो चलचित्रमा बेलायत र स्कटल्याण्डका सुन्दर दृष्य देख्न सकिन्छ ।
हेर्नुहोस पुरा फिल्म :

प्रतिक्रिया