प्रदीप र जसिताको चलचित्र ‘लभ स्टेसन’को शुभ मुहुर्त गरियो

रिता घिसिंग

काठमाडौँ : फिल्म ‘लभ स्टेसन’को शुभ मुहुर्त गरिएको छ। नायक प्रदीप खड्का र नायिका जसिता गुरुङको जोडी रहने फिल्म ‘लभ स्टेसन’को शुभ मुहुर्त सोमबार बिहान पशुपति मन्दिरमा गरिएको हो।

फिल्मको छायाङ्कन भने शुक्रवारबाट हुनेछ। उज्वल घिमिरेले निर्देशन गर्ने फिल्म लव स्टेसनको सम्पूर्ण छायाङ्कन भारतको दार्जिलिङ, कालिङपोङ, सिक्किम, लगायत नेपालको पूर्वी भेगका इलाम फिक्कल हुनेछ। प्रदीपका अनुसार फिल्म लभ स्टेसन पारिवारिक प्रेमकथामा आधारित रहेकाले विगतको फिल्म भन्दा केही पृथक् बन्नेछ । फिल्ममा आलोक शुक्लको छायाङ्कन रहनेछ भने शम्भुजित बास्कोटा, दीपक शर्मा, राजनराज सिवाकोटी र एलिश कार्कीको सङ्गीत रहने छ। दार्जिलिङका उमेश थापा लाइन प्रोड्युसर रहेका यो फिल्मको निर्माण नियन्त्रकमा राजेन्द्र रावल छन्।

लभ स्टेसनलाई काफिया फिल्म्स्को ब्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गर्न लागेका हुन्। फिल्ममा प्रदीप र जसितासँगै मिस सिलगुढी श्रद्धा क्षेत्री, निरुता सिंह, सरोज खनाललगायतका कलाकारहरूको अभिनय रहनेछ।

प्रतिक्रिया