प्रदेशस्तरीय योग शिविर हुने

admin

विराटनगर, ४ माघ : ‘स्वास्थ्य र समृद्धिका लागि आरोग्यता र आरोग्यताको योगअभ्यास’ नाराका साथ विराटनगरमा प्रदेशस्तरीय बृहत् योग शिविर हुने भएको छ । प्रदेश नं १ सामाजिक विकास मन्त्रालयले योगलाई आमजनतामाझ पु¥याउने दायित्वअन्तर्गत यही माघ १३ देखि १९ गतेसम्म साताव्यापी निःशुल्क योग शिविरको आयोजना गरिने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

सामाजिक विकासमन्त्री जीवन घिमिरेले योगलाई जीवन अभिन्न अङ्ग बनाउन र स्वास्थ्य जीवनको चेतना तथा जागरण जनतामाझ गराउन शिविर सञ्चालन गर्न लागिएको बताउनुभयो । प्रदेशका मुख्यमन्त्री शेरधन राईले उद्घाटन गर्ने सो शिविरमा पाँच हजार महिला तथा पुरुषको सहभागिता रहनेछ । शिविरमा प्रत्येक दिन प्रदेशका मन्त्रीको उपस्थिति हुनुका साथै पतञ्जलि योग नेपालका अध्यक्ष लवदेव मिश्र र जगतगरु कृष्णदास जी महाराजले प्रशिक्षण दिनुहुनेछ ।
-रासस

प्रतिक्रिया