हामीले सोचेको भन्दा चाँडो राजतन्त्र आउँछ : शेखर जङ्ग रायमाझी (भिडियो)

मनिषा थापा

पिएनपिखबर : पुनरुत्थानवादी शक्ति नेपालका नेता  शेखर जङ्ग रायमाझीले राजतन्त्र चाँडै फर्किने बताएका छन्। उनले भने, ‘गफ दिने, टुक्का हान्ने, झुठो आश्वाशन दिने वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको बोलीकै कारण राजतन्त्र हामीले सोचेकोभन्दा पनि चाँडो राजतन्त्र आउने देखिएको छ।’

 

पछिल्लो समय उनी नेपालका लागि नेपाली अभियान देखि गुठी विधयेकको विरोध कार्यक्रममा समेत् उनको सहभागीता देखियो। यस विषयमा बोल्दै उनले भने, ‘सत्ताको राजनीति नभई हाम्रो मुल्य र मुद्दामा छ। मुलुकलाई केन्द्रमा राखेर सोच्ने भएकोले मुलुकलाई फाइदा हुने एजेन्डा जसले जसले बोक्छन उनीहरुलाई साथ दिने निति नै हो।’

सरकारमा वाय शक्तिको ठुलो प्रभाव भएको उनले आरोप लगाएका छन्। सरकारले त्रास र भयको कारण राजतन्त्रवादीलाई उच्च निगरानी राख्न आदेश दिएको उनले जनाए। अहिलेको सरकारले जनतालाई सुविधा दिनुको साट्टो उल्टो यो वर्षमा १० हजार ऋण बोकाएको कारण हिसाब माग्न जनता एकजुट हुने उनले अभिव्यक्ति दिएका छन्। उनले राजतन्त्र भएको देशमा शान्ति, सुरक्षा र समृद्धि रहेको तथ्यांकमा देखिएको उनको भनाई छ।

बाँकी हेर्नुहोस भिडियोमा…

प्रतिक्रिया

सम्बन्धित समाचारहरू