प्रधानमन्त्रीद्वारा सुख्खा बन्दरगाहको शिलान्यास

कृष्ण रोकाया

काठमाडौँ, ३ माघ  : प्रधानमन्त्री केपी शर्मा ओलीले आज चोभारस्थित सुक्खा बन्दरगाहको शिलान्यास गर्नुभएको छ ।

यहाँ आज आयोजित कार्यक्रममा विश्व बैंकको सहयोगमा निर्मित बन्दरगाहको शिलान्यास गर्दै उहाँले बन्दरगाहले नेपालको अन्तरराष्ट्रिय व्यापारको सञ्जाललाई जोड्न सहयोग गर्ने बताउनुभयो । प्रधानमन्त्री ओलीले बन्दरगाह निर्माणले स्वदेशी वस्तुसमेत निर्यात गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । विदेशबाट आएका र स्वदेशबाट विदेश पठाइने सामग्री भण्डार गर्नका लागि बन्दरगाह बनाइएको हो ।

बिश्व बैंकको करीब रु दुई अर्ब लगानीमा करीब डेढ वर्षमा उक्त बन्दरगाह बनाइने भएको छ । बन्दरगाह करीब छ हजार वर्गमिटर क्षेत्रफलमा रहने छ । रासस

प्रतिक्रिया