प्रधानमन्त्री क्रिकेट कपमा पुलिस क्लब विजयी

शर्मिला गुरुङ

काठमाडौँ, १५ जेठ  :  प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आजको खेलमा नेपाल पुलिस क्लब विजयी भएको छ । पुलिस क्लबले प्रदेश नं १ लाई ७५ रनले पराजित गरेको हो ।

मूलपानी क्रिकेट मैदानमा पुलिसले ब्याटिङ गर्दै ४३ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै १८५ रन बनायो । १८६ रनको लक्ष्य पछ््याउने क्रममा प्रदेश १ ले ३८ दशमलव तीन ओभरमा सबै विकेट गुमाउँदै ११० रन मात्र बनायो । प्रदेश १ का लागि सन्नी पुनले सर्वाधिधक २७ रन बनाए।

यस्तै मनिस थापाले १५ तथा कप्तान पुष्प थापाले १० रन बनाए । बलिङतर्फ पुलिस क्लबका दीपेन्द्रसिंह ऐरी र ललितनारायण राजवंशीले दुई÷दुई तथा आरिफ शेखले एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गर्ने क्रममा पुलिस क्लबका लागि अमित श्रेष्ठले १०६ रनको शतकीय पारी खेले । यस्तै कुशल भुर्तेलले २४ रन बनाए । बलिङतर्फ प्रदेश १ का फिर्दोस अन्सारी, सिद्धान्त लोहनी, कमल खत्री, पुष्प थापा र दीपेश कँडेलले दुई÷दुई विकेट लिए । रासस

प्रतिक्रिया