प्रधानमन्त्री ज्यु राजतन्त्रको बिरोध होइन गणतन्त्र टिकाउन लाग्नुहोस: सन्तोष राजाबादि {विचार }

admin

प्रधानमन्त्री ज्यु  राजतन्त्र, सनातन हिन्दु अधिराज्य फाल्दा र देशलाई संघियताको ढाँचामा परिणत गर्दा जनतालाई सोध्नुपर्छ कि पर्दैन ? जनता द्वारा प्रत्यक्ष अनुमोदन हुनुपर्छ कि पर्दैन ? चिरञ्जीवी वाग्ले स्व: खुम बहादुर खड्का ज्यु लाई भ्रष्टाचारको अभियोगमा नेपाल सरकारले कानुनि कठघरामा उभ्याइयो र सजाय पनि भोगे । राजसंस्था,सनातन हिन्दु अधिराज्य र संघियताको नाममा खुल्लाम खुल्ला अरौबौ अरबको भ्रष्टाचार भएको छ । त्यो चाहिँ हजुरहरुले किन देख्नु हुदैन? यिनलाई चाहिँ कानुनी कठघरामा उभ्याउन पर्छ कि पर्दैन ? सायद सानालाई ऐन ठुलाई चैन भनेको यहि होला ।     

       

प्रधानमन्त्री ज्यु जनता जान्न चाहन्छन,गंगामाया दम्पतिले न्याय कहिले पाउनेछन ? ३३किलो सुन काण्ड कता हरायो?यातायात सिण्डिकेट कता हरायो ? मलेसिया श्रम सम्झौता के हुदैछ ? निर्मला पन्तले न्याय कहिले पाउनेछिन? वाइडबडि काण्ड कता हरायो ? “शिशाको घर हुनेले अर्काको घरमा ढुंगा नहाने कै बेश हुन्छ” त्यस्तै “अर्काको जिउमा हिलो छ्याप्दा आफ्नो हातमा पनि लाग्छ”भन्ने कुरा कदापि बिर्सनु हुदैन । हजुरहरु राजतन्त्रको बिरोध गर्नुभन्दा पनि गणतन्त्र के-कसरी लामो समय सम्म टिकाउन सकिन्छ त्यता तिर ध्यान केन्द्रीत गर्दा बेश होला । 

 

किनकी नेपाली जनताहरुको धैर्यताको बाँध फुटिसकेको छ, हजुरहरुको घर छेउमा भिषण बाढि आइसकेको छ बरु सुरक्षित स्थान तिर लाग्दा उचित होला। हामी जसरी पनि राजसंस्था पुनःस्थापना गराएरै छोड्ने छौ।जब देशमा ठुलै संकट आइपर्दछ तब श्री ५ महाजधिराज ज्ञानेन्द्र वीर बिक्रम शाहदेब सरकारको आबस्यकता पर्दछ । चाहे २००७ साल होस चाहे २०५८ साल होस चाहे अबका दिनमा होस,श्री ५ महाराज धिराज ज्ञानेन्द्र वीर बिक्रम शाहदेब सरकारलाई बोकेर भएपनी राजगद्दीमा बसाल्ने छौ। २००७ सालमा श्रीपेज लगाइबक्सदा नाबालक होइबक्सन्थ्यो, २०५८ सालमा बाध्यताबश श्रीपेज लगाइबक्स्यो भने अबका दिनमा देश र जनता रक्षाको निमित्त जनताले नै श्रीपेज लगाइदिनेछन ।    

                  

“अभागिको भाइ सप्रन्छ भाग्यमानिको छोरा सप्रन्छ” भनेजस्तै त्यस्तै गणतन्त्र आएपछी नेता, नेताका आफन्त र नेताका आसेपासे मात्र सप्रे। प्रधानमन्त्री ज्यु  देश, दिन, दुखी, असाय,निमुखा जनताहरु चाहिँ कहिले सप्रन्छन र हजुरहरुले कहिले सपार्नु हुन्छ?”अन्धी आमालाई छोरा-छोरिको अनुहार के थाहा” भने झै अहिलेको सरकार पनि अन्धि आमा भन्दा केही कमि छैन,जनता सामान्य बिरामी पर्दा सिटामल जिबनजल खान नपाएर मर्न बाध्यछन ।  राजपरिवारलाई  जे-जस्तो  रोग लाग्दा पनि नेपाल मै उपचार गरे निको हुनि तर हजुरहरु चाहिँ त्यही दिन,दुखी,असाय,बिपन्न जनताबाट उठाइएको कर राज्यको ढुकुटि बाट करोडौं रकम लिएर बिदेश उपचार गर्न जानुपर्ने ? यस्तो अबस्था कहिले सम्म रहिरहन्छ जनतालाई बुझाइदिनु पर्यो ।  गणतन्त्र धोका हो, सोझा-साझा, दिन, दुखी  असाय जनतालाई भ्रममा पारेर अनेकौ लोभ लालच प्रलोभन देखाएर राजतन्त्र फाल्नुको उपलब्धि यहि हो त प्रधानमन्त्री ज्यु ?     

 

“सबै कुरा लुकाउन सकिन्छ तर डर लुकाउन सकिदैन” भन्ने कुरा नेपाल सरकारले प्रष्ट पारिदिएको छ, आज राजपरिवार पारिवारिक तथा शुभ चिन्तक भेटघाट, पुजा पाठ, तिर्थ धर्म मा निस्कदा गणतन्त्र किन हल्लिन्छ?हुनत पशुपती शर्माको एउटा गितले गणतन्त्र हल्लियो। “छोटा बाट पनि असल कुरा सिक्नै पर्छ नालिमा फाँकिएको भए पनि हिरा टिप्नैपर्छ” नेपालमा राजसंस्था अपरिहार्यता छ जसरी पनि राजसंस्था पुनःस्थापना गराउनु पर्दछ भन्ने कुरा नेपाली जनताले बुझीसकेका छन्।अब नेपाली जनता अचानो भएर बस्न सक्दैनन् बरु मसान हुन तयार छन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचारहरू