प्रधानाध्यापक जोशीविरुद्ध विशेष अदालतमा मुद्दा दायर

admin

काठमाडौँ, २० मङ्सिर: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी बढुवासमेत गरिएको अभियोगमा अरुणोदय निम्न माध्यमिक विद्यालय, डोटीका प्रधानाध्यापक नवराज जोशीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र बनाई शिक्षक पदमा कार्यरत रहेको आरोपमा जोशीले प्राथमिक तह द्वितीय श्रेणीमा बढुवासमेत भई सरकारी लाभ तथा सुविधा लिएको पाइएको आयोगले जनाएको छ ।
-रासस

प्रतिक्रिया