‘प्रनभ’ पछि गायक सुरेनले ल्याए ‘पिरती लरी लै’ [भिडियो सहित]

शर्मिला गुरुङ

काठमाडौं, २७ जेठ : “प्रनभ” नामक सांगीतिक एल्बम बजारमा ल्याइसकेका उदियमान गायक सुरेन गौतमले ‘पिरती लरी लै’ बोलको गीत सार्वजनिक गरेका छन् । विष्णु हरि तिमिल्सिनाको शब्द तथा सुरेन गौतम र विक्रम थापाले संयुक्तरुपमा कम्पोज गरेको गीतमा संगितकार दिनेश श्रेष्ठले कर्णप्रिय संगीत भरेका छन् ।

 

संजय गौतमको निर्देशन, उत्सव दाहालको छायाकंन र टेकेन्द्र शाहले सम्पादन गरेको म्युजिक भिडियोमा बुगी–उगी विजेता कविता नेपाली र अर्जुन गौतमको अभिनय रहेको छ ।

उनको दोश्रो एल्बम ‘शुभ जीवन’मा समावेश गरिएको यस गीत र म्युजिक भिडियो दुवै अत्यन्त आकर्षक बनेकोले दर्शक श्रोताहरुको मन जित्नेमा दुइमत छैन’, गायक गौतमले भने । नयाँ भएपनि निर्देशक संजय गौतमले यस भिडियोमा मार्फत आफ्नो निर्देशकीय क्षमता प्रदर्शन गरेका छन्।
हेर्नुहोस भिडियो :

प्रतिक्रिया