प्रभाषको चलचित्र ‘साहो’को टिजर सार्वजनिक (भिडियोसहित)

रिता घिसिंग

एजेन्सी : बलिउड सुपरहिट चलचित्र ‘बाहुबली’ मा काम गरेपछि चर्चामा आएका साउथ सुपरस्टार नायक प्रभाष अभिनित नयाँ चलचित्र ‘साहो’को एक्सनले भरिएको टिजर सार्वजनिक गरिएको छ । गुल्सन कुमार र भुषण कुमारको प्रस्तुतिमा तयार भएको यो चलचित्रलाई सुजितले निर्देशन गरेका हुन् । चलचित्रमा प्रभाष र नायिका श्रद्धा कपुरको मुख्य भूमिका देख्न सकिन्छ।

टिजरमा चलचित्रको कथावस्तुको बिषयमा खासै केही खुलाइएको छैन । यो चलचित्रलाई भारतकै सबैभन्दा ठूलो एक्सन चलचित्र भनिएको छ ।

प्रभाषले साउथको बजारसँग बलिउडमा पनि हंगामा मच्चाउने तयारी गरेका छन् । अगष्ट १५ मा यो चलचित्र रिलिज हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू