”प्रश्नशास्त्रले भिडियोमा पुडासैनी एक्लै नभएको देखायो”

मनिषा थापा

पिएनपिखबर : पछिल्लो समय निकै चर्चित बनेका युवा ज्योतिष अनिल थापाले शालिकराम पुडासैनीको आत्माहत्या प्रकरणबारे आफ्नो धारणा व्यक्त गरेका छन्।

उनले सार्वजनिक भएको पुडासैनीको भिडियोमा उनी एक्लै नभएको अनुमान गरेका छन्।ज्योतिषशास्त्रबाट हेर्दा पुडासैनीसँग अरु पनि कोहि देखिएको ज्योतिष अनिल बताउँछन्।

टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेको कुण्डली हेरिसकेको जनाउँदै उनले भने, ‘मैले स्ट्याटसमार्फत पहिला नै रविमाथि सङ्कट आउदै छ भनेर भनेकै थिए।’

उनी आफै पनि रवि लामिछानेको ठुलो फ्यान रहेको र ज्योतिषशास्त्रको अध्धयनले जे देखाए पनि कानुनमा प्रभावित पार्ने काम नगर्ने बताए । यसको साथै प्रहरीलाई अनुसन्धानको लागि सबैले सघाउनु पर्ने उनले जनाए। उनले प्रहरी प्रशासनको अनुसन्धानबाट नतिजा आएपछि मात्रै रविका समर्थकलाई कदम चाल्न आग्रह गरे। 

बाँकी हेर्नुहोस भिडियोमा….

प्रतिक्रिया

सम्बन्धित समाचारहरू