प्रसाद खप्तरी मगरको ‘पाहुना’ बजारमा [भिडियो सहित]

शर्मिला गुरुङ

काठमाडौं, १५ जेठ  : पछिल्लो समय लोक तथा दोहोरी गीतहरु निकै सार्वजनिक हुन थालेको छ। सबैको आशा बनेको छ ‘करोड क्लव’ । लाखौंको लगानी अनि ‘करोड क्लव’को अपेक्षा । प्रत्यक दिन नयाँ-नयाँ गीतहरु सार्वजनिक भइरहँदा गायक तथा सर्जक प्रसाद खप्तरी मगरले पनि आफ्नो एकल गीत ‘पाहुना’ सार्वजनिक गरेका छन् ।

प्रसादको ‘पाहुना’ गीत भने दोहोरी हैन एकल गीत हो । उनको आफ्नै स्वर रहेको ‘पाहुना’ गीतमा सर्जक, गायक तथा रेकर्डिस राजकुमार बगरको शब्द तथा संगीत रहेको छ । मौलिक तथा संस्कृतिमा आधारित गीतमा आफ्नो पहिचान बनाउन सफल गायक प्रसादको रालैजो, सोरठी, मारुनी, टिप्पिकल लगायतका गीतहरु चर्चित छन् ।

मायाप्रेमलाई लक्षित गरि निर्माण गरिएको ‘पाहुना’ गीतमा निकै मिठास तथा मौलीक शब्दहरु प्रयोग गरिएको छ । ‘पाहुना’ गीतको म्युजिक भिडियोतर्फ दुर्गा पौडेलले निर्देशनमा तयार पारिएको छ । जसमा मोडल रिना थापा र गायक प्रसादको अभिनय रहेको छ ।

म्युजिक भिडियोलाई दुर्गा पौडेलले नै छांयाकन गरेका हुन् भने नबिन घर्ती मगरले सम्पादन गरेका छन् । गीत निकै मार्मीक र सुमधुर रहेको छ । जसलाई प्रसादको आफ्नै युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।
हेर्नुहोस भिडियो :

प्रतिक्रिया