प्रहरी हवलदारबाटै बहिनीको हत्या भयो भन्दै दाई मिडियामा (भिडियो)

मनिषा थापा

पिएनपिखबर : प्रहरी हवलदारबाट आफ्नो बहिनीको हत्या भएको भन्दै कमल घले न्यायको आशामा मिडियामा आएका छन्।

कमलले  हवलदार राजेन्द्र तिवारीले कुटपिट र करणी गरी हत्या गरेको आरोप लगाएका छन्। उनले केहि दिन अघि पत्रकार सम्मेलन गरी बहिनीको हत्यामा संलग्न प्रहरी हवलदार तिवारीलाई तत्काल अनुशन्धान गरि कारबाही गर्नुपर्ने माग गरेका थिए।

बहिनीको हत्या भएको विषयलाई लिएर आफूले प्रहरी प्रशासनमा किटानी जाहेरीसमेत दिएको सुनाउँदै उनले अहिलेसम्म उक्त केशमा अदालतले फैसला नगरेकोमा गुनासो पोखे ।

तिवारीले बहिनीलाई सामाजिक सञ्जालमा आफू प्रहरी निरीक्षक भएको भन्दै विभिन्न डर, धम्की दिई रसुवादेखि चितवन हुँदै काठमाडौं मनमैजुस्थित् कोठामा ल्याई कुटपिट गरि शारिरिक तथा मानसिक यातना दिई तथा जबरजस्ती गरि विष खुवाएर प्रहरीकै भ्यान राति ३ बजे बोलाएर अस्पताल पुर्याएको र भर्ना गराउँदा मेरी श्रीमती हो भनेको पनि खुल्न आएको मृत्तक चमेलीका दाईको दाबी छ ।

आफूले बहिनीलाई २०७५ साउन ३ गते बेलुका अन्दाजी साँढे ७ बजे काठमाडौंको ग्रिनसिटी अस्पतालमा भेन्टिलेटरमा भेटेको बताए। उनको अनुसार, घट्नाको प्रकृति हेर्दा उनले तीवारीबाट हत्या नै भएको लागेर उजुरी दिन गए।

मृतक चमेली कमलकी कान्छी बहिनी हुन्। २७ वर्षीया मृत्तक चमेली पेशाले उनी स्थायी शिक्षिका थिईन् । उनी रसुवाको डाँडागाउ माध्यामिक विद्यालयमा निम्न माध्यमिक शिक्षक तृतिय श्रेणी पदमा कार्यरत थिईन । शिक्षण पेशाको अलावा उनी सामाजिक कार्यमा समेत सक्रिय थिईन । चमेली र इनिस्पेक्टरको भेट फेसबुकमा भएको उनले बताए।

घट्ना हुनुभन्दा ९ दिन अघि मात्रै चमेलीले काठमाडौंको चावहिलमा रहेको नेपाल नारी चेतनशील संघमा पुगी आफूमाथि डर, धम्की दिएको भन्दै न्यायको लागि याचना गरेको पनि उनले बताए ।

बाँकी हेर्नुहोस भिडियोमा….

 

प्रतिक्रिया

सम्बन्धित समाचारहरू