प्रहरी हवल्दारविरुद्ध मुद्दा दायर

admin

काठमाडौँ, २५ मङ्सिर: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी हवल्दार सुदामा हजराविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

पान मसलाजन्य पदार्थको व्यवसाय सञ्चालन गर्न सहज गराइ दिने बहानामा प्रहरी हवल्दार हजराले रु एक लाख घुस लिँदालिँदै आयोगको टोलीले केही दिन पहिले पक्राउ गरेको थियो । आयोगले बिगो असुल गरी हदैसम्मको कारवाहीको माग गर्दै आज मुद्दा दायर गरेको आयोगका प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिनुभयो ।
-रासस

प्रतिक्रिया