प्राध्यापकलाई कालो मोसो दल्ने विद्यार्थीहरुले मिडियामा पोखे आफ्नो गुनासो (भिडियो)

मनिषा थापा

पिएनपिखबर : रामपुर कृषि तथा वन बिज्ञान विश्वबिद्यालयका कृषि संकायका प्रशासनिक सहायक डिन तथा प्राध्यापकमाथि विद्यार्थीहरुले कालोमोसो र जुत्ताको माला लगाईदिएको छन। चैत्र २१ गतेको दिन विद्यार्थीहरुले आफ्नो मागको सुनुवाई भएन भन्दै प्राध्यापक ओझामाथि कालोमोसो दलेका हुन्।

ओझाले बिरोध गर्ने विद्यार्थीको प्राक्टिकल अङ्क नै कम दिने गरेको विद्यार्थीहरुको आरोप छ । कृषि संकायका छैठो सेम्स्टरका विद्यार्थीहरुले आफुले बुज्दैन भन्दा पनि जबर्जस्ती पढाएको र आफ्नो कुरा नसुनेको कारण बाध्य भएर कालो मोसो दलेको बताएका छन्। घटना घटेको ८ दिन वितिसक्दा पनि छानवीन गठन नभएको विद्यार्थीहरुको गुनासो छ। 

विद्यार्थी सन्तोष खड्का भन्छन, ‘१६५ जना विद्यार्थीलाई ३ सेक्सन गरी कक्षामा पढाउँन पर्ने ठाउँमा कार्यक्रम गर्ने हलमा पढाउने गर्नुभयो। अव्यवस्थित हल जहाँ बस्न कुर्शी समेत् थिएन  र पढाएको पनि बुझिएन। हिसाब पनि गर्नु पर्ने भएकोले केहि सुन्दा पनि सुनिएन भनेर समस्या दर्साएर विज्ञप्ति पनि दियौ। विज्ञप्ति लिएकी शिक्षिकाले समेत् सरलाई अनुरोध गर्दा पनि वेवास्था भयो। हाम्रो आवाजको सुनुवाई भएन र प्राक्टिकल अङ्क समेत् कम हालियो। डिनमा पनि गएर हामीले कुरा राख्यौ तर प्रसाशन र डिनले केहि गर्न सकिएन।’ उनले थपे, ‘हामीले हरेक पहल गर्दा पनि समस्या समाधान नभएपछि हामीले कालोमोसो लाउन बाध्य भयका हौ।’

यता प्राध्यापक भने ६ जना विद्यार्थीले गलत आरोप लगाएर अभद्र व्यवहार भएको अभिव्यक्ति दिएका छन्। उनले हामीले लिएको अघिल्लो अन्तर्वातामा भनेका थिए, – ‘६ जना विद्यार्थीले विज्ञप्ति दिन आएको भन्दै कालो मोसो दलेर जुत्ताको माला लाएर फोटो खिच्नेजस्तो म माथि अभद्र व्यवहार भयो।’ पछि उनलाई कालो मोसो लगाउने विद्यार्थीले क्षेमा पनि माग्न आएता पनि गल्तिको क्षेमा योग्य नभएको उनी बताउँछन्।

ती विद्यार्थीलाई कारवाहीको दायरामा ल्याउनु पर्ने बताउँदै उनले भने, ‘आजसम्म यस्तो घट्ना घटेको पहिलोपटक हो। यस्ता घट्ना नदोरियोस भन्नको लागि पनि विद्यार्थीलाई कारवाही हुनै पर्छ।’ बाँकी हेर्नुहोस भिडियोमा…

प्रतिक्रिया

सम्बन्धित समाचारहरू