प्रिन्सिपलद्वारा शिक्षकको हत्या गरेको आरोपबारे यसो भन्छन् व्यवस्थापन समितिका अध्यक्ष [भिडियोसहित]

पूजा बानियाँ

पिएनपीखबर, भक्तपुर। बझाङ जिल्लाको दुर्गाथली गाउँपालिका–६ चुवावन स्थायी घर भइ हाल रामेछापको उत्कृष्ट विद्यालयको रुपमा परिचित डहु माविमा अध्यापन गराउँदै आएका शिक्षक मोहन महतको उपचारको क्रममा चैत्र ३ गते निधन भएको थियो।

उनी उक्त विद्यालयका एकेडेमिक इन्चार्ज समेत थिए। फाल्गुन २१ गते विद्यालयको शौचालय नजिकै घाइते अवस्थामा भेटिएका उनी घाइते सँगसँगै बेहोसी अवस्थामा समेत थिए। 

विद्यालयकै दुई शिक्षकले उनलाई बेहोसी अवस्थामा देखेपछि शिक्षिका शुधा महत, शिक्षक राकेश लामा, खेन्पो लामा र गुरु पाल्देन लामाको सहयोग मार्फत उपचारको लागि उनलाई धुलिखेल अस्पताल पुराइएको थियो। धुलिखेल अस्पतालबाट उनी काठमाडौँको केएमसी अस्पतालमा रिफर भए। १२ दिन पछि काठमाण्डौको केएमसी अस्पतालमा उपचारकै क्रममा उनकोे चैत ३ गते निधन भएको थियो। 

निधन पश्चात परिवारले शब बुझ्न मानेनन्। धेरै दिन बितेपछि भने विद्यालयसँग सहमति गरेर केहि रकम क्षतिपुर्ति बापत बुझेर परिवारले चैत्र ९ गते शनिवारको दिन महतको अन्तिम दाहसंस्कार गरेका थिए।

न्यायको लागि लडिरहेको महतको परिवार भने सनुष्ट छैनन्। उनीहरुले विद्यालय कै कसैले योजनाबद्ध गरेर हत्या गर्न खोजेको शंका गरेका छन्। विद्यालय व्यवस्थान समितिका अध्यक्ष रहेका खड्ग घिसिङ्ग भने यो कुरामा असहमत छन्। उनको अनुसार महतको त्यहिँ विद्यालयको पुर्ब शिक्षिकासँग प्रेम सम्बन्ध थियो। प्रेमिकाले नै हत्या गरेको हुन सक्ने भनेर समितिले प्रहरी कार्यालयमा उजुरी समेत गरेका छन्।

सामुदायिक विद्यालयमा सिसिटिभी जडान गरिएता पनि घटना भएको विद्यालयको भवनमा भने बत्ति नभएको र बत्ति नभएकोले सिसिटिभी क्यामेरा अफ भएको उनको भनाई छ। उक्त दिन इन्भर्टर बिग्रेकोले वास्तवमा सिसिटिभी क्यामेरा बन्द भएको उनी बताउछन्। गार्डको विषयमा भने अहिले सम्म विद्यालयमा गार्ड नै नराखेको गार्डलाई बिदा दिएको कुरा हल्ला मात्र उनी भन्छन्।

श्रीमतीसँग फोन सम्पर्कमा विद्यालयका प्रधानाध्यापकले दवाव दिएको र ज्यानको खतरा भएको भनेको पनि मित्था भएको क्यान्टिनको खाजा बनाउने दिदीको भनाई रहेको छ।

बाँकी हेर्नुहोस् भिडियो :

 

प्रतिक्रिया

सम्बन्धित समाचारहरू