प्रियंका चोपडा गर्भवती हुन् कि होइनन् ? उनकी आमाले गरिन यस्तो खुलासा

रिता घिसिंग

एजेन्सी : हालैमात्र सामाजिक संजालहरुमा बलिउड नायिका प्रियंका चोपडा गर्भवती भएको खबर सार्वजनिक भयो । भ्यालेन्टाइन डेको दिनमा प्रियंकाले इन्स्टाग्राममा राखेको एक तस्बिरमा उनको पेटको आकार अलि ठूलो देखियो । जसलेगर्दा, उनी गर्भवती छिन् भन्ने खालका चर्चा बलिउडमा हुन् थाल्यो ।

तर, अभिनेत्री प्रियंकाले भने यो बिषयमा केही बोलेकी छैनन् । तर, उनकी आमा मधु चोपडाले यो बिषयमा मुख खोलेकी छिन् । उनले, भारतीय मिडियासँग कुराकानी गर्दै भनिन्–‘यो गलत खबर हो । प्रियंकाको पेट केही ठूलो देखिनु क्यामेराको लेन्सको कारण हो ।’

मधुले आफूले यो कुरा प्रियंकालाई सुनाउँदा उनले लामो हाँसो हाँस्दै आफूलाई केही समय यस्ता कुराबाट ब्रेक दिन आग्रह गरेको समेत बताइन् । हलिउड गायक निक जोनसँग डिसेम्बरमा बिहे गरेकी चोपडा अहिले बैबाहिक जीवनमा रमाइरहेकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू