प्रियङ्का चोपडाले निर्माण गरेको ‘पाहुनाको’ पहिलो गीत सार्वजनिक (भिडियोसहित)

रिता घिसिंग

काठमाडौं : चर्चित बलिउड अभिनेत्री प्रियङ्का चोपडाले निर्माण गरेको नेपाली फिल्म ‘पाहुनाको’ पहिलो गीत सार्वजनिक भएको छ।

अभिनेत्री प्रियङ्का चोपडाको प्रोडक्सन हाउस पर्पल पेबल पिक्चर्सको ब्यानरमा निर्माण गरिएको उक्त फिल्मको गीत ‘जिन्दगीलाई’ जी म्युजिकको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। गीतमा स्वर पीयूष नेपालको रहेको छ भने सङ्गीत अर्जित दत्तले भरेका छन्। गीतमा शब्द पवन चामलिङ्ग ‘किरण’को रहेको छ।

पाखी ए तराइवालाले निर्देशन गरेको उक्त फिल्ममा इशिका गुरुङ, अनमोल लिम्बू, मन्जु केसी, सरण राई, विनोद प्रधान, उत्तम प्रधान र बनिता लागुनको मुख्य भूमिका रहेको छ । पर्पल पेबल पिक्चर्सको ब्यानरमा निर्माण भएको यस फिल्मको सह निर्माताको रुपमा चिल्डेन्स फिल्म सोसाइटी इन्डिया रहेको छ ।

प्रतिक्रिया