प्रेम दिवसको अवसरमा अन्जु पन्तको “धेरै माया” सार्वजनिक [भिडियो]

शर्मिला गुरुङ

काठमाडौँ, २ फागुन : प्रेम जोडीलाई लक्षित गर्दै नयाँ म्युजिक भिडीयो “धेरै माया” बजारमा आएको छ । केकी अधिकारी र बिकास लामिछाने फिचर्ड भिडीयोमा यी दुई जना बिचको गहिरो प्रेम देखाईएको छ ।

हेमन्त शिशिरको शब्द संगीत रहेको गीतमा संगीतकार शिशिर र चर्चित गायिका अन्जु पन्तले स्वर दिएका छन ।

सगरमाथा म्युजिक प्रालिले बजारमा ल्याएको भीडीयोलाई समन अधिकारीले निर्देशन गरेका छन्। भिडीयोमा निरोज श्रेष्ठको छायाँकन, अरुणा घिमिरेको मेकअप र बिकास धमलाको सम्पादन समाबेश छ ।
हेर्नुहोस “धेरै माया” गीतको भिडियो :

प्रतिक्रिया