प्रेम दिवसको अवसरमा गायक रायनले ल्याए ‘तिमी मेरो’ (भिडियो)

मनिषा थापा

पिएनपिखबर : पछिल्लो समय नेपाली सांगितिक क्षेत्रका कलाकाहरुले प्रेम दिवसलाई लक्षित गरी प्रेमिल गीतहरु सार्वजनिक गर्ने प्रचलन बढेको छ । यसैक्रममा गायक रायन कार्कीले ‘तिमी मेरो’ बोलको म्युजिक भिडियो युट्युबमार्फत सार्वजनिक गरेका छन्।

उनकै शब्द तथा संगीत रहेको ‘तिमी मेरो’मा आवाज र निर्देशन समेत् रायन स्वयम कै रहेको छ । रायन कार्की अहिलेका जल्दो-बल्दो युवा निर्देशक हुन्। उनको निर्देशनमा बनेका थुप्रै म्युजिक भिडियोहरु युवापुस्ताले निकै रुचाएको देखिन्छ।

विकास र मोनालिशालाई फिचर्ड गरिएको गीतमा निकै रोमाञ्चक दृश्य देखाइएको छ। दुई प्रेम-प्रेमिकाबीच प्रेम भाव उठाएको भिडियोको छायाँकन मिलन शंकरले गरेका हुन भने सम्पादन प्रविन श्रेष्ठको रहेको छ। उज्ज्वल श्रेयान महतले गीतको अरेन्ज गरेका हुन्।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया