फर्निचर उद्योगमा आगलागी, ६५ लाख क्षति

राष्ट्रिय समाचार समिति

घोराही, ३२ साउन: दाङको लमही नगरपालिका–५ स्थित  विश्वास काष्ठ फर्निचर उद्योगमा गएराति आगलागी हुँदा करीब रु ६५ लाखको क्षति भएको छ । उद्योग सञ्चालक रविलाल आचार्यका अनुसार मध्यरातमा एक्कासी आगो लागेपछि सबै सामान जलेर नष्ट भएको छ । “मध्यरातमा आगो लाग्दा नियन्त्रण गर्न धौधौ भयो”, उहाँले भन्नुभयो । 

विद्युत् सर्ट हुँदा आगलागी भएको हुन सक्ने आचार्यको अनुमान छ । लमही नगरपालिकाको दमकल, पानी ट्याङ्कर, स्थानीयवासी, प्रहरीलगायतको सक्रियतामा आगो निभाइएको थियो ।  

प्रतिक्रिया