फर्सीको मुन्टाको फाईदा : क्यान्सरदेखि मधुमेहसम्मलाई नियन्त्रण गर्छ

रिता घिसिंग

हुन त बजारमा वा तपाईँको करेसावारीमा विभिन्न प्रजातीका सागहरु सजिलै पाउन सकिन्छ । तर, तपाईँले प्रयोग गर्ने सागहरुको प्रजातीमध्ये एक हो फर्सीको मुन्टो वा भनौ फर्सीको पातको साग । उसो त फर्सी पनि खानु हाम्रो स्वास्थ्यको लागि निकै नै लाभकारी हो । तर, फर्सीको पात वा मुन्टो खानाले हामी विभिन्न रोगबाट जोगिन सक्छौँ ।

फर्सीको पातको साग वा फर्सीको मुन्टो खानुको फाइदाबारे सबैलाई थाहा नहुन सक्छ । त्यसैले आज हामी तपाईँलाई फर्सीको पातको साग खानुको फाइदाबारे जानकारी दिन चाहन्छौ ।

फर्सीको पातको नियमित सेवनले हुने फाइदाबारे ! जानी राखौ

बढ्दो उमेरलाई छेक्न : फर्सीको पातमा पाइने एन्टी–अक्सीडेन्टले तपाईँको बढ्दै गरेको उमेरलाई छेक्दै जवान देखाउनमा सहयोगी हुन्छ । यदि तपाईँ आफ्नो बढ्दो उमेरलाई लुकाउन चाहनु हुन्छ र जवान देखिन चाहनु हुन्छ भने फर्सीको पातको साग आजैदेखि खान सुरु गरिदिनुस् ।

आँखा स्वास्थ्यको लागि लाभकारी: फर्सीको पातमा भिटामिन ए प्रसस्त मात्रामा पाइन्छ । जुन हाम्रो आँखाको लागि राम्रो हो । साथै आँखा कमजोर हुँदा फर्सीको पातको साग खानाले आँखाको रोशनी बढाउनमा मद्दत गर्छ ।

कोलेस्ट्रोललाई नियन्त्रण गर्न: अहिलेको समयमा उच्च कोलेस्ट्रोलको समस्याले प्रायः जसो सबै पीडित छन् । तर, कोलेस्ट्रोलको समस्याबाट राहत पाउनका लागि फर्सीको पात भने निकै नै उपयोगी हुन्छ । फर्सीको पातमा पाइने फाइबरले कोलेस्ट्रोललाई नियन्त्रण गर्नुका साथै तपाईँको मुटुलाई पनि स्वस्थ राख्नमा मद्दत गर्छ ।

प्रजनन क्षमतामा वृद्धि : तपाईँको विहे भइसकेको छ तर, अहिले सम्म आमा वा बुबा बन्ने सौभाग्य पाउनु भएको छैन भने फर्सीको पातको साग खानु फाइदाजनक हुन्छ । किनकी फर्सीको पातको सागले नष्ट भएको टेस्टीकुलर र स्पर्म बन्ने प्रक्रियालाई मद्दत पुर्याउँछ । जसको मद्दतले तपार्ईँको प्रजनन क्षमतामा वृद्धि हुन्छ ।

मधुमेहलाई गर्छ नियन्त्रण : मधुमेह रोग अहिलेको समयमा सुन्नमा सामान्य भएतापनि खतरनाक रोग हो । मधुमेह रोगबाट राहत पाउनका लागि फर्सीको पातको साग खानु फाइदाजनक हुन्छ । फर्सीको पातको सागमा हाइपोग्लिसिएमिक नामक तत्व हुन्छ जसले तपाईँको ग्लुकोजको मात्रालाई कम गर्नमा मद्दत गर्छ ।

छालाको लागि फाइदाजनक : फर्सीको पातमा पर्याप्त मात्रामा भिटामीन सी पाइन्छ । जुन तपाईँको छालाको लागि फाइदाजनक हुन्छ । भिटामीन सी ले छालामा भएको मृत तन्तुलाई निकाल्नमा मद्दत गर्नुका साथै छालालाई स्वस्थ बनाइ राख्छ ।

क्यान्सरबाट जोगाउन : फाइबर एक यस्तो तत्व हो जसको सेवनले तपाईँलाई अनेक फाइदा हुन्छ । फर्सीको पातमा पाइने फाइबरले तपाईँको शरीरमा भएको क्यान्सर कोषीकाहरुलाई रोक्नमा मद्दत पुर्याउँछ ।

पाचन प्रणालीलाई स्वस्थ राख्छ : फर्सीको पातमा पाइने पोटासियमले तपाईँको पाचन प्रणालीलाई स्वस्थ राख्नमा मद्दत गर्छ । साथै फर्सीको पातको सेवनले तपाईँको उच्च रक्तचापलाई पनि नियन्त्रणमा राख्छ ।

प्रतिक्रिया